काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको नवौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभा काठमाण्डौको गैह्रीधारास्थित एलिस रिसेप्सनमा सम्पन्न भएको हो ।
सभाले गत आर्थिक वर्ष २०८१।८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको १२ प्रतिशतले हुन आउने ६२ करोड ३६ लाख ३९ हजार ३८५.६० रुपैयाँबराबरको नगद लाभांश अनुमोदन गरेको छ ।
सभाले गत आर्थिक वर्षको वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नुका साथै चालु आर्थिक वष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव अनुमोदन गरेको छ ।
अर्थ चाैतारी ।