logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित

    प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित

    1.2K
    SHARES
    प्राइम कमर्सियल बैंकको ८ प्रतिशत बोनस शेयर पारित

    काठमाण्डाै । प्राइम कमर्सियल बैंक लिमिटेडको १८ औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ।



    आज सम्पन्न भएको १८ औं वार्षिक साधारणसभाले सञ्चालक समितिले सिफारिस गरेबमोजिम आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ (आठ) प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको हो।

    आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टलाई निर्विरोध निर्वाचित गरेको छ । डा.बिष्ट यस अघि पनि बैंकको सञ्चालक थिए।

    आजको साधारणसभालाई सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्नु हुने शेयरधनी महानुभावहरु लगायत सम्बन्धित सबैमा आभार व्यक्त गर्दै साधारणसभामा अध्यक्ष श्रेष्ठले बंैकले विगतमा झैं आगामी दिनहरुमा पनि बैंकको सेवा र शाखाहरुको सञ्जाल विस्तार गर्दै आफ्ना शेयरधनीहरुलाई यथोचित र समय सापेक्ष प्रतिफलको निरन्तरता दिने तथा ग्राहक केन्द्रित डिजिटल समाधान मार्फत बैंकको सेवा आधुनिक एवं सरल बनाउने प्रतिवद्धता समेत व्यक्त गरेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट