काठमाण्डौ । होटल एसोसिएसन अफ नेपाल (हान) का अध्यक्ष विनायक शाहले होटलहरुमा खरबौँ लगानी भएपनि उपयोग हुन नसकेको बताएका छन् ।
आइतबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको दलको घोषणापत्रमा आर्थिक एजेन्डा कार्यक्रममा बोल्दै अध्यक्ष शाहले होटल क्षमताको पूर्ण उपयोग हुनेगरी सांसदहरूले नीति बनाइदिन अनुरोध गरे ।
उनले पर्यटन, होटल नीति कर्मचारी केन्द्रित भएको भन्दै व्यवसायीहरूलाई समस्या हुने गरेको सुनाए । ‘पर्यटकहरूको खर्च मिनिमम एक सय डलर र कम्तीमा २ हप्ता बसाई हुनुपर्छ । त्यही अनुसार राज्यले नीति बनाउनुपर्यो,’ शाहले भने । उनले नेपाल टुरिजम बोर्डलाई प्राधिकरणको रूपमा लैजानुपर्ने बताए ।
अर्थ चाैतारी ।