logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपालको भ्रष्टाचार अवस्था सुध्रिएन

    नेपालको भ्रष्टाचार अवस्था सुध्रिएन

    1.6K
    SHARES
    नेपालको भ्रष्टाचार अवस्था सुध्रिएन

    काठमाण्डौ । भ्रष्टाचार नियन्त्रणमा नेपालको अवस्था यो वर्ष पनि आशालाग्दो देखिएको छैन। ट्रान्सपरेन्सी इन्टरनेसनल (टीआई) ले सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क (सीपीआई) २०२५’ अनुसार नेपालले १०० मा ३४ अंक मात्र प्राप्त गरेको छ। २०२४ मा पनि नेपालको अंक ३४ नै थियो। यसले मुलुकमा भ्रष्टाचार निवारणको दिशामा कुनै उल्लेखनीय सुधार नभएको देखाउँछ।



    विश्वका १८० देश समेटिएको सूचकाङ्कमा नेपाल ‘मध्यमभन्दा कमजोर’ श्रेणीमा परेको छ। टीआईका अनुसार १०० अंकले पूर्ण पारदर्शी र शून्य अंकले अत्यधिक भ्रष्ट अवस्थालाई जनाउँछ। दक्षिण एसियाली मुलुकहरूमध्ये भुटान ७१ अंकसहित सबैभन्दा स्वच्छ मुलुकका रूपमा देखिएको छ। भारत र माल्दिभ्सले समान ३९, श्रीलङ्काले ३५, पाकिस्तानले २८ र बंगलादेशले २४ अंक पाएका छन्। अफगानिस्तान १६ अंकसहित सबैभन्दा कमजोर स्थितिमा छ। अर्को छिमेकी मुलुक चीनले ४३ अंक प्राप्त गरेको छ।

    प्रतिवेदनमा भनिएको छ, ‘नागरिक तहबाट दबाब र युवाहरूको सक्रियता बढे पनि त्यसलाई ठोस नीतिगत र संरचनागत सुधारमा बदल्न राजनीतिक नेतृत्व असफल देखिएको छ।’

    यस वर्ष विश्वव्यापी रूपमा पनि भ्रष्टाचारको अवस्था बिग्रिएको देखिएको छ। औसत अंक गत वर्षको तुलनामा एक बिन्दुले घटेर ४२ मा झरेको छ। डेनमार्क ८९ अंकसहित लगातार आठौँ वर्ष विश्वकै सबैभन्दा कम भ्रष्टाचार हुने मुलुक बनेको छ भने दक्षिण सुडान र सोमालिया ९९ अंक० सबैभन्दा भ्रष्ट सूचीमा छन्।

    टीआई नेपालका अध्यक्ष मदनकृष्ण शर्माले अंक स्थिर रहनुले सरकारको भ्रष्टाचार विरोधी अभियान प्रभावकारी नभएको पुष्टि हुने बताए। ‘हालै देखिएका युवा आन्दोलनहरू भ्रष्टाचारकै विरुद्ध केन्द्रित थिए,’ उनले भने, ‘भ्रष्टाचार रोक्न राजनीतिक इच्छाशक्ति र नियमनकारी निकायको सुदृढीकरण अनिवार्य छ।’


    अर्थ चाैतारी
  • मंगलबार, २७ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट