logo

२०८३ जेष्ठ १, शुक्रबार

logo
  • २०८३ जेष्ठ १, शुक्रबार
  • सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    676
    SHARES
    सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

    काठमाण्डौ । स्थानीय बजारमा बिहीबार तोलामा १०० रुपैयाँले सुनको मूल्य घटेको छ । चाँदीको मूल्य भने ५० रुपैयाँले बढेको छ ।



    नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार ३४० रुपैयाँ कायम भएको छ ।

    बुधबार छापावाल सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २९० रुपैयाँ कायम भएको थियो । गत मंगलबार प्रतितोला सुन तीन लाख पाँच हजार ५०० रुपैयाँ र एक तोला चाँदीको मोल पाँच हजार २४० रुपैयाँ कायम भएको थियो । गत सोमबार एक तोला सुन तीन लाख चार हजार ६०० रुपैयाँ र त्यति नै परिमाणको चाँदी पाँच हजार २५० रुपैयाँमा खरिदबिक्री भएको थियो ।

    अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज एक औँस सुन पाँच हजार ८३ र त्यति नै चाँदी ८३ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।


    अर्थ चाैतारी
  • विहिबार, २९ माघ २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट