logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • केन्द्रीय सुरक्षा समिति : शान्तिपूर्ण चुनाव गराउन सुरक्षा प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन

    केन्द्रीय सुरक्षा समिति : शान्तिपूर्ण चुनाव गराउन सुरक्षा प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन

    910
    SHARES
    केन्द्रीय सुरक्षा समिति : शान्तिपूर्ण चुनाव गराउन सुरक्षा प्रमुखहरूलाई गृहमन्त्रीको निर्देशन

    काठमाण्डौ । सिंहदरबारमा केन्द्रीय सुरक्षा समितिको बैठक सकिएको छ । बिहीबार गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा तिन वटै सुरक्षा अङ्गका प्रमुखहरू र सेनाका प्रतिनिधिले फागुन २१ मा हुने निर्वाचन सुरक्षाबारे छलफल गरेका छन्।



    बैठकमा समसामयिक विषय र निर्वाचन सुरक्षाबारे छलफल भएको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए । प्रदेश सुरक्षा समिति र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरू पनि बैठकमा भर्चुअल माध्यमबाट सहभागी थिए।

    गृहमन्त्री ओमप्रकाश अर्यालले निष्पक्ष तवरबाट चुनाव सम्पन्न गर्न सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् । निर्वाचन सम्पन्न नहुँदा राष्ट्रको अवस्था अझै कमजोर हुने उल्लेख गर्दै बैठकमा अर्यालले सुरक्षा प्रमुखहरूलाई भने, ‘सबै सुरक्षा निकायले आपसमा समन्वय गरेर शान्तिपूर्ण निर्वाचन सम्पन्न गराउनुस् ।’

    बैठकमा तीन वटै सुरक्षा अङ्गका प्रमुख र जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले गृहमन्त्री अर्याललाई अहिलेसम्मको गतिविधि र तयारीबारे ब्रिफिङ गरेका थिए।

    जिल्ला सुरक्षा समितिका पदाधिकारीहरूले जिल्लामा भएको समस्या र थप जनशक्ति आवश्यक रहेको बारेमा आफ्ना समस्या राखेका थिए।


    अर्थ चाैतारी
  • शुक्रबार, ८ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट