logo

२०८३ बैशाख २५, शुक्रबार

logo
  • २०८३ बैशाख २५, शुक्रबार
  • रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो

    रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो

    702
    SHARES
    रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो

    काठमाडौँ । रौतहटको गौर नगरपालिका क्षेत्रमा लगाइएको कर्फ्यु आज (आइतबार) पनि जारी छ तर अहिले बिहान ६:३० बजेदेखि ८:३० बजेसम्म अत्यावश्यक कामका लागि खुकुलो पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।



    तर यस अवधिमा पनि सभा जुलुस भने गर्न नपाइने प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले विज्ञप्तिमा उल्लेख गरेका छन्। यसपछि बिहान साढे ८ बजेदेखि भने कर्फ्यु अर्को आदेश नभएसम्मका लागि निरन्तर रहनेछ।

    गौर नगरपालिकाको पूर्वमा मुडबलवा गेट, पश्चिममा लालवकैया बाँध, उत्तरमा बम नहर र दक्षिणमा गौर भन्सार कार्यालयको चार किल्लामा कर्फ्यु लगाइएको हो। यो क्षेत्रमा कुनै पनि व्यक्तिलाई आवतजावत गर्न, भेला, सभा, जुलुस तथ प्रदर्शन गर्न रोक लगाइएको छ।

    स्थानीय समुदायबीच विवाद उत्पन्न भएपछि शनिबार दिउँसे १ बजेदेखि कर्फ्यु लगाइएको थियो। स्थिति नियन्त्रणमा आएको भए पनि थप हिंसाका घटना हुन नदिने कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

    कर्फ्युको आदेश उल्लंघन गर्नेलाई कारबाही गरिने स्थानीय प्रशासनले चेतावनी दिएको छ। शान्ति स्थापना गर्नका लागि सहयोग गर्न स्थानीय बासिन्दालाई आग्रह गरेको छ।

    हेर्नुहोस् सूचना

     

    गौर नगरपालिका-६, सनगढा गाउँमा शुक्रबार मस्जिदमा प्रार्थना गरिरहेका बेला हिन्दु समुदायले बाजा बजाएको निहुँमा विवाद सुरु भएको थियो। जसले गर्दा गौर क्षेत्र तनावग्रस्त भएको छ। अप्रिय घटना हुन नपाओस् भनेर स्थानीय प्रशासनले कर्फ्यु लगाएको हो।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट