logo

२०८३ जेष्ठ १२, मंगलबार

logo
  • २०८३ जेष्ठ १२, मंगलबार
  • वित्तीय कर्मचारी संघद्वारा नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी कारबाहीप्रति आपत्ति, पुनर्बहालीको माग

    वित्तीय कर्मचारी संघद्वारा नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी कारबाहीप्रति आपत्ति, पुनर्बहालीको माग

    1.3K
    SHARES
    वित्तीय कर्मचारी संघद्वारा नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी कारबाहीप्रति आपत्ति, पुनर्बहालीको माग

    काठमाण्डौ । बैंक, बीमा, लघुवित्त, पूँजी बजारलगायत वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूलाई संगठित गर्दै आएको नेपाल वित्तीय संस्था कर्मचारी संघले नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था मा भएको कर्मचारी कारबाहीप्रति गम्भीर ध्यानाकर्षण जनाएको छ।



    संघका अनुसार सरकारी तथा निजी क्षेत्रका ५१ वित्तीय संस्थामा स्थापित प्रतिष्ठानस्तरका ट्रेड युनियनहरूको नेतृत्व गर्दै आएको यस संघले वित्तीय क्षेत्रका कर्मचारीहरूको पेशागत हकहित संरक्षण, पारदर्शिता र सुशासन प्रवर्द्धनका लागि निरन्तर भूमिका खेल्दै आएको छ।

    संघसँग आबद्ध नेरुडे मिर्मिरे लघुवित्त कर्मचारी संगठनले संस्थागत सुशासन, सेवासुविधा तथा वृत्ति विकास सम्बन्धी माग व्यवस्थापनसमक्ष आधिकारिक ट्रेड युनियनको हैसियतमा पेश गरेको जनाएको छ। युनियनका अनुसार सहमति भएका माग कार्यान्वयन तथा बाँकी विषयमा वार्ताको पहल गर्न पटक–पटक आग्रह गरिए पनि व्यवस्थापनले चासो नदेखाएको आरोप छ।

    यसैबीच, संगठनका अध्यक्ष कटक बहादुर शाह र महासचिव महमद मकसुद अंसारीलाई सेवाबाट बर्खास्त गरिएको तथा उपाध्यक्ष मनिता कार्कीको ग्रेड घटुवा गरिएको घटनाप्रति संघले आपत्ति जनाएको छ। श्रम ऐन र संविधानले प्रदत्त अधिकारअनुसार पेश गरिएको मागप्रति व्यवस्थापनले प्रतिशोधपूर्ण व्यवहार गरेको संघको दाबी छ।

    संघले संस्थागत हित र कर्मचारी वर्गको बृहत्तर लाभका लागि सौहार्दपूर्ण वातावरणमा सामूहिक सौदाबाजीमार्फत समस्या समाधान गर्नुपर्नेमा जोड दिएको छ।

    सुमधुर औद्योगिक सम्बन्ध कायम राख्न कारबाही फिर्ता लिई पदाधिकारीहरूको पुनर्बहाली गर्न तथा यथाशीघ्र वार्ताको माध्यमबाट माग सम्बोधन गर्न संघले आग्रह गरेको छ। साथै, माग पूरा नभएसम्म सञ्चालन भइरहेका विरोध कार्यक्रमप्रति पूर्ण समर्थन र ऐक्यबद्धता जनाएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १० फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट