काठमाण्डौ । विशेष अदालतले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार मुद्दाका दुई आरोपी पूर्वमन्त्री र सचिव साधारण तारेखमा छाड्न आदेश दिएको छ ।
आइतबार विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडल, विदुर कोइराला र उमेश कोइरालाको इजलासले पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य साधारण तारेखमा राख्न आदेश दिएको हो ।
पूर्वमन्त्री दीपकचन्द्र अमात्य र पूर्वसचिव सुरेश आचार्य आइतबार विशेष अदालतमा उपस्थित भएर बयान दिएका थिए । बयानपछिको थुनछेकपछि अदालतले दुवै जनालाई साधरण तारेखमा राख्न आदेश दिएको हो ।
पोखरा विमानस्थल निर्माणका क्रममा मिलेमतोमा लागत बढाएर ८ अर्ब ३६ करोड अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २२ मंसिरमा विशेष पाँच पूर्वमन्त्री, १० पूर्वसचिवसहित ५५ जनाविरुद्ध मुद्दा दायर गरेको थियो ।
जुन मुद्दाका धेरै आरोपीहरूलाई विशेष अदालतले साधारण तारेखमा छाड्ने आदेश दिएको छ ।
अर्थ चाैतारी ।