logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वसचिव मरासिनीसहित ५ जनालाई साधारण तारेखमा छाड्न आदेश

    पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वसचिव मरासिनीसहित ५ जनालाई साधारण तारेखमा छाड्न आदेश

    1.1K
    SHARES
    पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : पूर्वसचिव मरासिनीसहित ५ जनालाई साधारण तारेखमा छाड्न आदेश

    काठमाण्डौ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दामा विशेष अदालतले पूर्व अर्थसचिव मधु कुमार मरासिनीसहित पाँच जना आरोपीहरूलाई साधारण तारेखमा राखेर मुद्दाको पुर्पक्ष गर्न आदेश दिएको छ ।



    साेमबार विशेष अदालतका न्यायाधीशत्रय नारायणप्रसाद पौडेल, हेमन्त रावल र विदुर कोइरालाको इजलासले पाँच जनालाई साधारण तारेखमा छाड्ने आदेश दिएको हो । अदालतले आरोपितहरूलाई थुनामा राख्नुनपर्ने भन्दै बाहिरै बसेर मुद्दा लड्न पाउने गरी साधारण तारेखमा छाड्ने निर्णय गरेको छ ।

    साधारण तारेखमा छुट्नेहरूमा तत्कालीन अर्थ मन्त्रालयका सहसचिव (हालका सचिव) मधु कुमार मरासिनी, नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन प्रबन्धक रामचन्द्र सुवेदी, अर्थ मन्त्रालयका तत्कालीन सचिव सुमन प्रसाद शर्मा, तत्कालीन उपसचिव प्रेम उपाध्याय (प्रेम नाथ उपाध्याय) र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सहसचिव मोहनकृष्ण सापकोटा रहेका छन् ।

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा चिनियाँ कम्पनी ’चाइना सिएमसी इन्जिनियरिङ’ सँग मिलेमतो गरी लागत इस्टिमेट अस्वाभाविक रूपमा बढाएर भ्रष्टाचार गरेको दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

    आयोगका अनुसार विमानस्थलको स्वीकृत लागत अनुमान १७९,६९७,००० अमेरिकी डलर रहेकोमा त्यसलाई बढाएर २४४,०४०,४५० डलर पुर्‍याइएको थियो । यसबाट नेपाल नागरिक उड्डयन प्राधिकरणलाई ७४,३४३,४५० अमेरिकी डलर (नेपाली रुपैयाँ ८ अर्ब ३६ करोड ७३ लाख ५५ हजार २१७) गैरकानुनी हानी पुर्‍याएको अख्तियारको अभियोग पत्रमा उल्लेख थियो ।


    अर्थ चाैतारी
  • सोमबार, ११ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट