काठमाण्डौ । अफगानिस्तानको स्थायी नियोगले पाकिस्तानले हालै गरेको हवाई हमलाविरुद्ध संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा औपचारिक उजुरी दर्ता गराएको छ।
हालै पाकिस्तानीले सेनाले अफगानिस्तानका नान्गारहार र पक्तिका प्रान्तमा हवाई आक्रमण गरेको थियो।
बीबीसी उर्दुका अनुसार, अफगानिस्तानका स्थायी प्रतिनिधि नासिर अहमद फैकले आफ्नो फेसबुक पेजमा लेखेका छन्, ‘सोमबार अफगानिस्तानको स्थायी नियोगले संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद्मा औपचारिक उजुरी दर्ता गरेको छ।’
उनले पाकिस्तानको आक्रमणमा महिला र बालबालिकासहित सर्वसाधारण मारिएको उल्लेख गरेका छन्।
उनले लेखेका छन्, ‘हामी अनुसन्धान, जिम्मेवारी निर्धारण, क्षेत्रीय अखण्डताको सम्मान, संयुक्त राष्ट्र बडापत्रको पालना र अन्तर्राष्ट्रिय कानुनको पूर्ण पालना माग गर्छौँ।’
अर्थ चाैतारी ।