logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • अप्पर लोहोरे खोलाको हकप्रद सेयर निष्काशनमा एनआईसी एशिया बिक्री प्रबन्धकमा नियुक्त

    अप्पर लोहोरे खोलाको हकप्रद सेयर निष्काशनमा एनआईसी एशिया बिक्री प्रबन्धकमा नियुक्त

    637
    SHARES
    अप्पर लोहोरे खोलाको हकप्रद सेयर निष्काशनमा एनआईसी एशिया बिक्री प्रबन्धकमा नियुक्त

    काठमाण्डौ । अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेडले हकप्रद सेयर निष्काशनका लागि एनआईसी एशिया क्यापिटल लिमिटेडलाई निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ ।



    कम्पनीले १०० रुपैयाँ अंकित दरका ५० लाख ९८ हजार ०४० कित्ता सेयर बराबरको चुक्ता पुँजीको आधारमा १ः१.५ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न लागेको हो । जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका ७६ लाख ४७ हजार ०६० कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ, जसबाट कुल ७६ करोड ४७ लाख ०६ हजार रुपैयाँ बराबरको रकम संकलन हुनेछ ।

    हकप्रद सेयर निष्काशनसम्बन्धी कार्यका लागि अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनी लिमिटेड र एनआईसी एशिया क्यापिटल लिमिटेडबीच द्विपक्षीय सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौतापत्रमा कम्पनीका तर्फबाट अख्तियारप्राप्त प्रमुख कार्यकारी अधिकृत सदिक्षा काकी र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामेन्द्र रायमाझीले हस्ताक्षर गरेका छन् ।

    एनआईसी एशिया क्यापिटल लिमिटेडले निष्काशन तथा बिक्री प्रबन्ध सेवाअन्तर्गत हालसम्म सामूहिक लगानी कोष र डिबेन्चरसहित २० वटा कम्पनीको धितोपत्र निष्काशन तथा ४ वटा कम्पनीको हकप्रद सेयर निष्काशन सम्पन्न गरिसकेको छ । यस सेवामार्फत हालसम्म १९ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी रकम संकलन गराउन सफल भएको कम्पनीले जनाएको छ ।


    अर्थ चाैतारी
  • मंगलबार, १२ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट