logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • मानवीय त्रुटीले भद्रपुरमा बुद्धको जहाज दुर्घटना भएको निष्कर्ष, ‘को–पाइलट’ले उडाएको पुष्टी

    मानवीय त्रुटीले भद्रपुरमा बुद्धको जहाज दुर्घटना भएको निष्कर्ष, ‘को–पाइलट’ले उडाएको पुष्टी

    611
    SHARES
    मानवीय त्रुटीले भद्रपुरमा बुद्धको जहाज दुर्घटना भएको निष्कर्ष, ‘को–पाइलट’ले उडाएको पुष्टी

    काठमाण्डाै । झापाको चन्द्रगढीमा भएको बुद्ध एयरको जहाज दुर्घटनामा मानवीय त्रुटीले भएको देखिएको छ। गत पौष १८ गते साँझ काठमाण्डाैबाट चन्द्रगढीका लागि उडेको जहाज विमानस्थलमा दुर्घटना भएपछि पर्यटन मन्त्रालयले गठन गरेको छानबिन समितिले प्रारम्भिक प्रतिवेदनले मानवीय त्रुटीले जहाज दुर्घटना भएको देखाएको हो ।



    छानबिन समितिले जहाज ढिलो ‘टचडाउन’ भएको र ब्रेक पनि ढिलो लगाईएको निष्कर्ष निकालेको छ । जहाजले रन–वेमा जहाँ भुई छुनु पर्ने हो त्यो बिन्दु पार भएपछि बल्ल भुई छोएको देखिएको छ ।

    भद्रपुर विमानस्थलको रनवे १५०० मिटर लामो छ। यो रनवेको चौडाइ ३० मिटर छ र सतह एस्फाल्ट (bituminous) को छ। यो घटनामा जहाजले रनवे १० मा अवतरण गरेको थियो। FDR डाटा अनुसार टचडाउन (अवतरण बिन्दु) रनवेको अन्त्यबाट करिब ४२० मिटर टाढा थियो। अर्थात्, रनवेको सुरुबाट करिब १५०० – ४२० = १०८० मिटर बिन्दुमा टचडाउन भएको थियो, यसको मतलव ७२ प्रतिशत रनवेको भाग सकिएपछि बल्ल जहाजले भुई छोएको थियो । ब्रेकको स्किड मार्क १११२ मिटर बाट सुरु भएको थियो, जसले टचडाउनपछि करिब ६९२ मिटरसम्म ब्रेक नलागेको वा ढिलो लागेको देखाउँछ।
    जहाज रनवेको अन्त्यबाट १८३ मिटर बाहिर (पूर्वतिर) गएर रोकिएको थियो।

    प्रतिवेदन अनुसार जहाज विमानस्थलको भित्री बार भत्काउँदै १८३ मिटर बाहिर गएर दुर्घटनामा परेको देखिन्छ । यसलाई उड्डयन क्षेत्रका जानकारहरुले ‘कम्प्लिट ह्युमन इरर’ भनेका छन् ।

    त्यस्तै यो जहाज को पाइलटले चलाएको देखिएको छ । काठमाण्डाैबाट भद्रपुर जाने बुद्धको पाँचौ उडान थियो, जसलाई को पाइलटले चलाएको पनि प्रतिवेदनले देखाएको छ। बिजनेशपानाले दुर्घटना भएको केही दिन मै भद्रपुर दुर्घटनाबारे नयाँ तथ्य: बुद्ध एयरका ‘को–पाइलट’ले उडाइरहेका थिए जहाज शिर्षकमा समाचार प्रकाशन गरेको थियो ।

    बुध्द एयरको ९एन एएमएफ कलसाइनको एटिआर ७२–५०० जहाज पुस १८ मा चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा रनवेबाट चिप्लिएर दुर्घटनामा परेको थियो । दुर्घटनामा कुनै मानवीय क्षति नभएपनि जहाजमा ठूलो क्षति भएको थियो ।

    दुर्घटना पश्चात पर्यटन मन्त्रालयलले समिट एयरका वरिष्ठ क्याप्टेन विनोद पुरीलाई अनुसन्धानकर्ता तोकेर छानबिन समिति गठन गरेको थियो । उक्त समितिले आफ्नो अन्तिम प्रतिवेदन भने अझै अध्ययन गरेर मात्रै सार्वजनिक गर्ने जनाएको छ ।

     


    अर्थ चाैतारी
  • मंगलबार, १२ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट