logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • राजमार्ग विस्तारका कारण पीडित व्यवसायीलाई कर्जा पुनरसंरचना गर्न दिने राष्ट्र बैंकको घोषणा

    राजमार्ग विस्तारका कारण पीडित व्यवसायीलाई कर्जा पुनरसंरचना गर्न दिने राष्ट्र बैंकको घोषणा

    585
    SHARES
    राजमार्ग विस्तारका कारण पीडित व्यवसायीलाई कर्जा पुनरसंरचना गर्न दिने राष्ट्र बैंकको घोषणा

    काठमाण्डौ । राष्ट्र बैंकले मध्यपहाडी लोकमार्ग र महेन्द्र राजमार्ग विस्तारका कारण विस्थापित व्यवसायीलाई राष्ट्र बैंकले कर्जा पुनरसंरचनाको सुविधा दिने भएको छ ।



    मंगलाबार चालु आर्थिक वर्ष २०८१/८२ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले उक्त व्यवस्था गरेको हो ।

    ‘बैंक तथा वित्तीय संस्थाले महेन्द्र राजमार्ग र मध्यपहाडी लोकमार्ग विस्तारका कारण विस्थापित उद्यम/व्यवसायहरूमा प्रवाहित कर्जामा न्यूनतम १० प्रतिशत ब्याज असुल गरी २०८३ असार मसान्तसम्म पुनरसंरचना/पुनरतालिकीकरण गर्न सक्ने व्यवस्था मिलाइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।

    यस्तै परिस्थितिजन्य कारण कालोसूचीमा परेको ऋणीलाई केही सहजीकरण गर्ने घोषणा गरेको हो ।

    ‘परिस्थितिजन्य कारणले तत्काल ऋण चुक्ता गर्न नसक्ने ऋणीलाई कालोसूचीमा समावेश नगर्ने र कालोसूचीमा रहेका ऋणीले कर्जा चुक्ता गर्ने उचित कारण पेश गरेमा बैंक तथा वित्तीय संस्थाले ६ महिनासम्म ऋणीलाई कालोसूचीबाट हटाई बक्यौता असुल गर्न पाउने विद्यमान व्यवस्थाको प्रभावकारी कार्यान्वयन गराइनेछ,’ मौद्रिक नीति समीक्षामा भनिएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट