logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • धरानमा विमानस्थल नबन्ने भएपछि रोक्का गरिराखेको जग्गा फुकुवा

    धरानमा विमानस्थल नबन्ने भएपछि रोक्का गरिराखेको जग्गा फुकुवा

    832
    SHARES
    धरानमा विमानस्थल नबन्ने भएपछि रोक्का गरिराखेको जग्गा फुकुवा

    काठमाण्डौ । धरानमा विमानस्थल बनाउने भनेर रोक्का गरिराखेको जग्गा ६ महिनापछि बिक्रीको लागि खुला गरिएको छ । भदौ ११ गते निवर्तमान नगर प्रमुख हर्क साम्पाङ राईले धरान उपमहानगरपालिका १७ मा रहेको उक्त बिक्री वितरणमा रोक लगाउन सिफारिस गरेका थिए ।



    विमानस्थल बन्नेबारे कुनै टुंगो नलागेकाले स्थानीयले जग्गा फुकुवा गर्न अनुरोध गरेकाले उक्त निर्णय लिनु परेको कार्यवाहक मेयर आइन्द्राविक्रम बेघाले जानकारी दिए । लामो समयसम्म व्यक्तिका जग्गाहरू बिना कारण रोक्का राखिरहनु उचित नहुने भएकाले फुकुवा गर्नुपरेको उनको भनाइ छ ।

    यति इनकर्पोरेट प्रालिका नाममा भएका जग्गाबाहेक अन्य जग्गाहरूको बिक्री वितरणको सिफारिस गरिएको उनले जानकारी दिए । विमानस्थल निर्माणको सम्भाव्यता अध्ययन गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले एक समिति गठन गरेको थियो ।

    प्राधिकरणका प्रबन्धक इन्जिनियर नलविक्रम थापाको संयोजकत्वमा प्रबन्धक अनिल बस्नेत र वरिष्ठ अधिकृत विमल खनाल सदस्य रहेको समिति गठन भएको थियो । धरान उपमहानगरपालिकाका निवर्तमान मेयर हर्क साम्पाङले नियम संशोधन गरेर भएपनि धरानमा विमानस्थल बनाउने घोषणा गरेका थिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरणले राष्ट्रिय हवाई नीति, २०६३ लाई देखाउँदै प्राविधिक तथा व्यवहारिक रूपमा समेत सो स्थानमा विमानस्थल निर्माणको सम्भावना नरहेको बताएको थियो ।

    null


    अर्थ चाैतारी
  • बुधबार, १३ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट