logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • उत्तरगङ्गा नदीमा साढे ९ लाखमा मौलिकतासहितको साँघु निर्माण

    उत्तरगङ्गा नदीमा साढे ९ लाखमा मौलिकतासहितको साँघु निर्माण

    1K
    SHARES
    उत्तरगङ्गा नदीमा साढे ९ लाखमा मौलिकतासहितको साँघु निर्माण

    काठमाण्डौ । ढोरपाटन नगरपालिकाले उत्तरगङ्गा नदीमा छानोसहितको साँघु निर्माण गरेको छ । पर्यटक र स्थानीयलाई वारपार गर्न सहज होस् भन्दै नगरपालिकाले साँघु निर्माण गरेको हो ।



    हरेक वर्षाको समयमा उत्तरगङ्गामा पानीको बहाव बढ्ने हुँदा ढोरपाटन बराह मन्दिर क्षेत्रदेखि पारिपट्टिको सेलपाखे, सिकार आरक्ष कार्यालय क्षेत्रलगायत ठाउँमा पुग्न पैदल यात्रा गर्नुपर्ने बाध्यता थियो । चालु आर्थिक वर्षमा विनियोजन गरेको ९ लाख ५० हजार रुपैयाँको लागतमा मौलिकतासहितको साँघु निर्माण गरेको ढोरपाटन नगरपालिकाका उपप्रमुख धनबहादुर कायतले जानकारी दिए। साँघुको सतहमा सिमेन्टको ढलानसहित काठ र ढुङ्गाको छानो हालेर निर्माण गरिएको छ ।

    उनले भने, ‘पछिल्लो समय ढोरपाटनमा आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्दो छ, तर उत्तरगङ्गामा पुल नहुँदा जोखिम मोलेर खोला तर्नुपर्ने बाध्यता थियो, अब त्यो समस्या समाधान भएको छ, यसले स्थानीय र पर्यटकलाई सहज बनाउनेछ ।’

    ढोरबहार मन्दिरदेखि स्यालपाखे जोड्ने गरी उक्त साँघु निर्माण भएको छ । पुल नहुँदा हरेक वर्षान्तमा उत्तरगङ्गाको बाढीले मानवीय क्षति हुने गरेको थियो । साँघु नबन्दा ढोरबहार मन्दिरदेखि स्यालपाखे, पाखाथर, छेन्तुङ, ढोरपाटन सिकार आरक्ष, बुकी पाटन र जलजला जाने पर्यटकले घस्टौँ लगाएर नवी र मोराङ दोगाडी घाटमा रहेको झोलुङ्गे पुल तर्नुपर्ने बाध्यता थियो ।


    अर्थ चाैतारी
  • आइतबार, १७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट