logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु

    महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु

    2.3K
    SHARES
    महाराष्ट्रको नागपुरमा विस्फोटक पदार्थ बनाउने कारखानामा विस्फोट हुँदा १७ जनाको मृत्यु

    काठमाण्डौ । भारतीय राज्य महाराष्ट्रमा पर्ने नागपुर जिल्लाको काटोलस्थित विस्फोटक पदार्थ बनाउने कारखानामा आइतबार बिहान विस्फोट हुँदा १७ जनाको मृत्यु भएको छ।



    भारतीय सञ्चारमाध्यमका अनुसार आइतबार बिहान ६:३० बजे भएको विस्फोटमा १८ जना घाइते भएका छन्। घाइतेहरू नागपुरको ओरेन्ज सिटी अस्पतालमा उपचारत छन्। बीबीसी मराठीका अनुसार ‘एसबीएल एक्सप्लोसिभ्स’ कम्पनीमा विस्फोट भएको हो।

    मुख्यमन्त्री देवेन्द्र फडणविसले मृतकका परिवारलाई जनही ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेका छन्। यो कारखाना नागपुरबाट लगभग ४० किलोमिटर टाढा छ। यसले खानी र निर्माणमा प्रयोग हुने विस्फोटक पदार्थ बनाउँछ।

    प्रारम्भिक जानकारीअनुसार विस्फोट डेटोनेटरका कारण भएको हो। यो निश्चित समयमा ठुला विस्फोटक पदार्थ सक्रिय पार्न प्रयोग गरिने सानो उपकरण हो।

    यस कारखानामा ठुलो संख्यामा स्थानीय महिला काम गर्थे।

    उनीहरू ड्युटीमै भएका बेला विस्फोट भएको हो। यसैले मृतकमा ठुलो संख्यामा महिलाकै रहेको बताइएको छ।


    अर्थ चाैतारी
  • आइतबार, १७ फागुन २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट