logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • रास्वपाले टुंग्यायो सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष

    रास्वपाले टुंग्यायो सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष

    884
    SHARES
    रास्वपाले टुंग्यायो सामानुपातिक सूचीबाट ४८ महिला र ९ पुरुष

    काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको प्रवक्ता मनिष झाले जानकारी दिए ।



    उनका अनुसार खासआर्यबाट १७, आदिवासी जनजातीबाट १६, मधेशी ९, दलित ८, थारु ४ र मुस्लिम समुदायबाट ३ जनाको नाम टुंगो लगाइएको छ ।

    सो नामावली आजै निर्वाचन आयोगमा बुझाउने प्रवक्ता झाले जानकारी दिए ।

    यी क्लस्टरबाट कोको परे भन्ने रास्वपाले खुलाएको छैन । निर्वाचन आयोगले यी नामावली रुजु गरेर अप्रुभ गरेपछि मात्रै नाम सार्वजनिक हुने प्रवक्ता झाले जानकारी दिए ।


    अर्थ चाैतारी
  • आइतबार, १ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट