काठमाण्डाै । एशियन लाइफ इन्स्योरेन्स पेशागत अभिकर्ता संघ बीमक समितिको तेश्रो अधिवेशनले दामोदर लामिछानेको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ।
हेटाैंडामा शनिबार सम्पन्न अधिवेशनले २८ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति चयन गरेको हो। लामिछाने लगातार तेश्रो कार्यकालका लागि अध्यक्ष निर्वाचित भएका छन् । नव निर्वाचित कार्य समितिको वरिष्ठ उपाध्यक्ष सीता भण्डारी, उपाध्यक्ष सन्तलाल राइ, कर्ण हमाल, ध्रुब गिरी, विष्णु कुमार कार्की र प्रविण गाैतम रहेका छन् । यसैगरी सचिव खुमा बुढा, सह सचिव जनकलाल पाण्डे, कोषाध्यक्ष गोविन्द पन्थ निर्वाचित भएका छन्।
कार्य समिति सदस्यहरूमा उमानन्द राजवंशी, उषा पंगेनी, अशोक थापा, रामबहादुर श्रेष्ठ, श्रीधर घिमिरे, खुदा प्रसाद दंगाल, दिपक कुमार लामिछाने, कपिल पाैडेल, दिपक अर्याल, नरेन्द्र बहादुर थापा, दुर्गा थापा, सूर्य श्रेष्ठ, विश्वराज आचार्य, सिता गैरे, टीका गाहा, जिष्णु बराल चन्द्रशेखर साह, र जसीराम विक रहेका छन्।
बीमक समितिका अनुसार, प्रदेश अधिवेशनमार्फत् प्रादेशिक संरचना अनुसार सातवटै प्रदेशमा प्रादेशिक कार्य समिति समेत गठन गरिएको छ।
अर्थ चाैतारी ।