logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले बढ्यो

    निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले बढ्यो

    598
    SHARES
    निर्जीवन बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले बढ्यो

    काठमाण्डौ । चालु आर्थिक वर्ष २०८२/८३ को फागुनसम्ममा निर्जीवन बीमकहरूले ३१ अर्ब ७० करोड रुपैयाँ बढीको व्यवसाय गर्न सफल भएका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार सञ्चालनमा रहेका १४ वटा निर्जीवन बीमकले १८ लाख ६२ हजार ११४ वटा बीमालेख जारी गरेर ३१ अर्ब ७० करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका हुन् ।



    अघिल्लो आवको तुलनामा बीमा कम्पनीहरूको व्यवसाय १३.११ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो आवको फागुन मसान्तसम्ममा बीमा कम्पनीहरूले १८ लाख ४३ हजार ४५६ वटा बीमालेख जारी गरेर २८ अर्ब २ करोड ८८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका थिए । अघिल्लो आवको तुलनामा १३ वटा बीमा कम्पनीहरूको व्यवसाय बढेको छ भने एउटाको घटेको छ ।

    सबैभन्दा धेरै व्यापार गर्नेमा शिखर अगाडि

    ८ महिनाको अवधिमा सबैभन्दा धेरै व्यापार भित्र्याउने कम्पनीमा शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । उक्त कम्पनीले ४ अर्ब ३८ करोड ५४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ९.२५ प्रतिशतले बढेको छ । अघिल्लो आवको यही अवधिमा शिखरले ४ अर्ब १ करोड ३९ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो ।

    दोस्रो धेरै व्यापार भित्र्याउने कम्पनीका सगरमाथा लुम्बिनी इन्स्यारेन्स(सलिको) रहेको छ । उक्त कम्पनीले गत आवको माघसम्ममा ३ अर्ब ३२ करोड ४४ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेकोमा चालु आवको यही वअधिमा ३ अर्ब ३६ करोड ८४ लाख रुपैयाँ आर्जन गरेको छ । गत आवको तुलनामा कम्पनीको व्यापार १.३२ प्रतिशतले वृद्धि भएको छ ।

    सलिकोपछि धेरै व्यवसाय भित्र्याउने कम्पनीमा हिमालयन एभरेष्ट इन्स्योरेन्स रहेको छ । कम्पनीले चालु आवको फागुनसम्ममा ३ अर्ब २० करोड ८५ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । अघिल्लो आवको यही अवधिमा बीमा कम्पनीले २ अर्ब २१ करोड ५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो । अघिल्लो आवको तुलनामा चालु आवको ८ महिनासम्ममा कम्पनीको व्यवसाय ४५.१५ प्रतिशतले वृद्धि भएको छ ।

    null

    हिमालयन एभरेष्टपछि सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ७९ करोड २१ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ । कम्पनीले अघिल्लो आवको यही अवधिमा २ अर्ब ७५ करोड ३९ लाख बीमा शुल्क संकलन गरेको थियो । अघिल्लो आवको तुलनामा कम्पनीको व्यापार १.३९ प्रतिशले बढेको छ ।

    त्यसैगरी, आइजीआई प्रुडेन्सियलले २ अर्ब ६८ करोड ४७ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले २ अर्ब ५३ करोड २५ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब ३९ करोड ५४ लाख रुपैयाँ, युनाइटेड अजोड इन्स्योरेन्सले १ अर्ब ९६ करोड २९ लाख रुपैयाँ, दि ओरियन्टलले १ अर्ब ९४ करोड ३६ लाख रुपैयाँ कुल बीमा शुल्क संकलन गरेको छ ।

    अघिल्लो आवको यही अवधिमा आइजीआई प्रुडेन्सियलले २ अर्ब ३७ करोड ६० लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ अर्ब ८५ करोड ९१ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ अर्ब १९ करोड ४८ लाख रुपैयाँ, युनाइटेड अजोडले १ अर्ब ५९ करोड ८६ लाख रुपैयाँ र ओरियन्टलले १ अर्ब ७० करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका छन् । अघिल्लो आवको तुलनामा चालु आवमा कम्पनीहरूले क्रमशः १२.९९ , ३६.२२, ९.१४, २२.७९ र १४.१० प्रतिशतले व्यापार बढेको छ ।

    फागुन मसान्तसम्ममा सानिमा जीआईजी इन्स्योरेन्सले १ अर्ब ७८ करोड ५९ लाख रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४९ करोड ६१ लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २१ करोड ४२ लाख रुपैयाँ, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ६ करोड ३३ लाख रुपैयाँ र नेसनल इन्स्योरेन्सले ८६ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन् । अघिल्लो आवको यही अवधिमा सानिमा जीआईसी इन्स्योरेन्सले १ अर्ब ५७ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब ४० करोड, प्रभु इन्स्योरेन्सले १ अर्ब १६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ९ करोड रुपैयाँ र नेशनल इन्स्योरेन्सले ७६ करोड रुपैयाँ कुल बीमा शुल्क संकलन गरेका थिए ।

    अघिल्लो आवको तुलनामा चालु आवमा सानिमा जीआईसी इन्स्योरेन्सको १३.६८ प्रतिशत, नेपाल इन्स्योरेन्सको ६.६९ प्रतिशत, प्रभु इन्स्योरेन्सको ४.५४ प्रतिशत र नेसनल इन्स्योरेन्सको १३.६० प्रतिशत व्यवसाय वृद्धि भएको छ । राष्ट्रिय बीमा कम्पनीको भने २.७९ प्रतिशतले व्यापार घटेको छ ।


    अर्थ चाैतारी
  • बुधबार, ११ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट