logo

२०८३ बैशाख ८, मंगलबार

logo
  • २०८३ बैशाख ८, मंगलबार
  • रि–इन्स्योरेन्स ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप

    रि–इन्स्योरेन्स ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप

    676
    SHARES
    रि–इन्स्योरेन्स ब्रोकरलाई शाखा खोल्न ६ महिना समय थप

    काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले अन्तर्राष्ट्रिय रि–इन्स्योरेन्स ब्रोकरलाई नेपालमा शाखा खोल्न ६ महिना समय थप गरिदिएको छ । प्राधिकरणले बीमकको पुनर्बीमा निर्देशिका, २०८० मा दोस्रो संशोधन गर्दै रिइन्स्योरेन्स ब्रोकरलाई शाखा स्थापनाको समयावधि ६ महिना थप गरेको हो ।



    प्राधिकरणले २०८० जेठ ९ मा पुनर्बीमा निर्देशिका जारी गर्दै रिइन्स्योरेन्स ब्रोकरलाई ६ महिनाभित्र नेपालमा संयुक्त लगानीमा कम्पनी, शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न भनेको थियो । तर, प्राधिकरणको उक्त निर्देशिका अुनसार रिइन्स्योरेन्स ब्रोकरहरुले नेपालमा शाखा खोलेनन् ।

    त्यसपछि प्राधिकरणले २०८२ असारमा निर्देशिका संशोधन गरेर ६ महिना समय दियो । उक्त अवधिमा पनि रिइन्स्योरेन्स ब्रोकरहरु शाखा वा सम्पर्क कार्यालय स्थापना गर्न नआएपछि प्राधिकरणले बुधबार पुनः ६ महिना समय थपेको हो ।

    अब रिइन्स्योरेन्स ब्रोकरले असार मसान्तसम्म नेपालमा शाखा कार्यालय स्थापना गर्नुपर्नेछ ।


    अर्थ चाैतारी
  • विहिबार, १२ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट