logo

२०८३ बैशाख १०, विहिबार

logo
  • २०८३ बैशाख १०, विहिबार
  • ओली र लेखक पक्राउ पर्नु ठूलो कुरा होइनः दुर्गा प्रसाईं

    ओली र लेखक पक्राउ पर्नु ठूलो कुरा होइनः दुर्गा प्रसाईं

    1.3K
    SHARES
    ओली र लेखक पक्राउ पर्नु ठूलो कुरा होइनः दुर्गा प्रसाईं

    काठमाण्डौ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको पक्राउ सामान्य विषय भएको बताएका छन्।



     

    शनिबार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले नेताहरूको पक्राउभन्दा पनि देशको अस्तित्व जोगिने वा नजोगिने भन्ने विषय अहिलेको प्रमुख चासोको विषय भएको बताए।

     

    संयोजक प्रसाईंले देश नै गम्भीर संकटमा परेको दाबी गरे। ‘केपी ओली र रमेश लेखक पक्राउ पर्नु ठूलो कुरा होइन, देश रहन्छ कि रहँदैन भन्ने कुरा चाहिँ ठूलो हो,’ उनले भनेका छन्।

    पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्री वा काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई पक्राउ गर्नुले खासै अर्थ नराख्ने उनको भनाइ छ।

     


    अर्थ चौतारी
  • शनिबार, १४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट