logo

२०८३ बैशाख १६, बुधबार

logo
  • २०८३ बैशाख १६, बुधबार
  • पोखरा महानगरले तोक्यो ३६ कृषि उपजमा न्यूनतम समर्थन मूल्य

    पोखरा महानगरले तोक्यो ३६ कृषि उपजमा न्यूनतम समर्थन मूल्य

    663
    SHARES
    पोखरा महानगरले तोक्यो ३६ कृषि उपजमा न्यूनतम समर्थन मूल्य

    काठमाण्डौ । पोखरा महानगरपालिकाले आयात प्रतिस्थापन र कृषिमा आत्मनिर्भरताका लागि ठूलो लगानी र योजना अघि सारेको छ। मेयर धनराज आचार्यकाअनुसार अहिले पोखरा सयपत्री फूल, बोका–खसी, दूध, अण्डा र तरकारी उत्पादनमा निकै सबल भएको छ र आयातलाई उल्लेख्य रूपमा घटाउन सफल भएको छ।



    महानगरले किसानलाई प्रोत्साहन गर्न ३६ वटा विभिन्न कृषि उपजहरूमा ‘न्यूनतम समर्थन मूल्य’ तोकेको छ। यसले गर्दा किसानहरूले आफ्नो उत्पादनको उचित मूल्य पाउने सुनिश्चितता भएको छ। किसानलाई आधुनिक प्रविधिसँग जोड्न ट्रयाक्टर वितरण गर्ने, उन्नत बीउमा अनुदान दिने र अन्य प्राविधिक सहयोग उपलब्ध गराउने काम भइरहेको मेयर आचार्यले बताए।

    पोखराको यो कृषि मोडल यति सफल भएको छ कि अहिले संघीय कृषि मन्त्रालयका प्रतिनिधिहरू समेत पोखरा आएर यहाँको अभ्यास र किसानलाई दिइएको समर्थन मूल्यको प्रभावकारिताबारे अध्ययन गर्न थालेका छन्।

    उनले भने, ‘हामीले आयात प्रतिस्थापनका लागि कृषिमा पनि प्रशस्तकाम गरेका छौँ। चाहे त्यो सयपत्री फूलको कुरा गर्नुस्, चाहे बोका,खसीको कुरा गर्नुस्। दुध अण्डाको कुरा गर्नुस्, चाहे तरकारीको कुरा गर्नुस्। हामी आयात प्रतिस्थापन गर्न हरेक ठाउँमा हामी सवल भएका छौँ। त्यसमा किसानलाई टयाक्टर वितरणगरेर होस, बीउमा अनुदान दिएर होस्। चाहे अरु खालका टेक्निकल सर्पोट गरेर होस्। हामीले ३६ वटा चिजमा किसानलाई समर्थन मूल्य दिएका छौँ।’

    कृषि क्षेत्रमा गरिएको यो सुधारले पोखराको ग्रामीण अर्थतन्त्रलाई बलियो बनाउनुका साथै शहरको खाद्य सुरक्षामा पनि ठूलो योगदान पुर्‍याएको उनको भनाइ छ।


    अर्थ चाैतारी
  • आइतबार, १५ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट