उच्च अंकले बजार बढ्दा नेप्से उपसमूहमा रहेका १३ वटै समूहमा हरियाली छाएको छ। आज जलविद्युत समूह सर्वाधिक ४.५९ प्रतिशतले बढेको छ।
बजारमा आज २६४ कम्पनीको शेयरभाउ बढ्दा ३ वटाको घटेको छ। यो दिन एउटा कम्पनीको शेयरभाउ स्थिर रहेको छ।
आज १० वटा कम्पनीको शेयरभाउ सकारात्मक सर्किट लागेको छ। उपकार लघुवित्त, भुजुङ हाइड्रोपावर, रिडी पावर र नेसनल हाइड्रोपावरको शेयरभाउ १० प्रतिशतले बढ्दा बाँकी ६ कम्पनीको शेयरभाउमा १० प्रतिशतको हाराहारीले बढेर सकारात्मक सर्किट लागेको हो।

यो दिन रिलायन्स स्पिनिङ मिल्सका शेयरधनीहरुले सर्वाधिक गुमाए। यो कम्पनीको शेयरभाउ १.६० प्रतिशतले घटेको छ।

बजारमा आज करिब ११ अर्ब रुपैयाँको कारोबार भएको छ। सर्वाधिक कारोबार रिलायन्स स्पिनिङ मिल्सको भएको छ।


