logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलमा नयाँ नियम: अनिवार्य गरियो अतिरिक्त कागजात

    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलमा नयाँ नियम: अनिवार्य गरियो अतिरिक्त कागजात

    520
    SHARES
    वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विमानस्थलमा नयाँ नियम: अनिवार्य गरियो अतिरिक्त कागजात

    काठमाण्डौ । वैदेशिक रोजगारीको सिलसिलामा विदेश जाने श्रमिकहरूका लागि सरकारले विमानस्थलमा कडाइ गर्दै नयाँ नियम लागू गरेको छ । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै आगामी चैत २९ गतेदेखि विमानस्थलको अध्यागमन पार गर्दा थप अनिवार्य कागजातहरू साथमा राख्नुपर्ने व्यवस्था गरेको हो ।



    नयाँ नियम अनुसार अब वैदेशिक रोजगारीमा जाने प्रत्येक श्रमिकले आफ्नो गन्तव्य मुलुकसम्मको हवाई टिकटको साथमा त्यसको बिल वा आधिकारिक रसिद पनि अनिवार्य रूपमा बोक्नुपर्नेछ । यो व्यवस्था संस्थागत रूपमा म्यानपावरमार्फत जाने र व्यक्तिगत रूपमा श्रम स्वीकृति लिएर जाने दुवै थरिका श्रमिकका हकमा समान रूपमा लागू हुने विभागले स्पष्ट पारेको छ । यसअघि हवाई टिकट मात्र देखाए पुग्नेमा अब टिकट खरिद गर्दा तिरेको रकमको प्रमाण समेत साथै हुनुपर्नेछ ।

    यसैगरी म्यानपावर कम्पनीमार्फत वैदेशिक रोजगारीमा जान लागेका श्रमिकहरूका लागि सेवा शुल्क बुझाएको आधिकारिक रसिदलाई पनि अनिवार्य गरिएको छ । इजाजतपत्र प्राप्त संस्थालाई वैदेशिक रोजगारीको प्रक्रियाका लागि कति रकम बुझाइएको हो, सो बापतको रसिद विमानस्थलमा अध्यागमन अधिकारीहरूलाई देखाउनुपर्नेछ । संस्थागत श्रम स्वीकृति लिएर जाने श्रमिकहरूले यो रसिद बिना अब विमानस्थलबाट प्रस्थान गर्न पाउने छैनन् ।

    विभागले सबै म्यानपावर कम्पनीहरूलाई पनि श्रमिकबाट लिने सेवा शुल्क बापतको भौचर, रसिद वा भरपाई अनिवार्य रूपमा श्रमिकलाई उपलब्ध गराउन निर्देशन दिएको छ । धेरैजसो म्यानपावरले श्रमिकबाट चर्को शुल्क लिने तर रसिद नदिने वा कम रकमको रसिद दिने गरेको गुनासो व्यापक भएपछि सरकारले विमानस्थलमै रसिद जाँच गर्ने रणनीति लिएको हो ।

    666937767_1248917147432732_8735500911446226768_n


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट