काठमाण्डौ । नेपालका लागि ओमोडा जेको र आइकारको आधिकारिक विक्रेता एसपीजी अटोमोबाइल्स प्रालिले आफ्ना ईभी मोडलहरूमा ११ वर्षे वारेन्टी घोषणा गरेको छ।
ब्याट्री र मोटर कम्पोनेन्टहरूमा उपलब्ध यो वारेन्टी नेपालकै सबैभन्दा लामो ईभी वारेन्टी कार्यक्रमहरू मध्ये एक भएको कम्पनीले जनाएको छ।
हाल कम्पनीद्वारा ब्याट्रीको हकमा ८ वर्ष वा १ लाख ८० हजार किलोमिटर र ड्राइभ मोटरमा ८ वर्ष वा १ लाख ६० हजार किलोमिटरको वारेन्टी उपलब्ध थियो । नयाँ ल्याइएको विस्तारित वारेन्टी कार्यक्रमअन्तर्गत, अब यो कभरेज ब्याट्रीको हकमा ११ वर्ष वा २,४०,००० किलोमिटर र ड्राइभ मोटर एसेम्बलीको हकमा ११ वर्ष वा २,००,००० किलोमिटर (जुन पहिले आउँछ) पुर्याइएको छ।
यो विस्तारित वारेन्टी ओमोडा ई५, जेको जे५, जेको जे६टी र आईकार भी२३ मोडलहरूमा उपलब्ध भएको छ। यसले ग्राहकको आत्मविश्वास बढाउने र ईभी स्वामित्वलाई थप ढुक्क बनाउने विश्वास लिइएको छ।
यस विस्तारित वारेन्टी अन्तर्गत, ग्राहकहरूले ट्र्याक्सन ब्याट्री प्याक र ड्राइभ मोटर एसेम्बलीमा हुने प्राविधिक त्रुटिहरूमा पूर्ण कभरेज प्राप्त गर्नेछन्। यस पहलको बारेमा बोल्दै एसपीजी अटोमोबाइल्स प्रालिका निर्देशक गौरव शारदाले यसले कम्पनीका सवारी साधनहरूको उन्नत ईभी प्रविधिप्रति अटल विश्वास र ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्ने कम्पनीको प्रतिबद्धता झल्काउने बताए।
देशभर १८ भन्दा बढी सेल्स आउटलेट र १५ वटा सर्भिस सेन्टरहरूका साथै द्रुत रूपमा विस्तार भइरहेको सेल्स र चार्जिङ पूर्वाधार नेटवर्कका साथ, ओमोडा जेको र आइकारले नेपालमा तीव्र गतिमा अघि बढिरहेका ईभी ब्रान्डहरूको रूपमा आफ्नो उपस्थिति बलियो बनाउँदै लगेका छन्।
यस अद्यावधिक गरिएको वारेन्टी नीतिको बारेमा थप जानकारीका लागि ग्राहकहरूलाई आफ्नो नजिकैको ओमोडा जेको वा आइकार शोरुम वा आधिकारिक सर्भिस सेन्टरमा जान अनुरोध गरिएको छ।
अर्थ चाैतारी ।