logo

२०८३ बैशाख ११, शुक्रबार

logo
  • २०८३ बैशाख ११, शुक्रबार
  • भागबण्डासँगै राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध

    भागबण्डासँगै राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध

    637
    SHARES
    भागबण्डासँगै राष्ट्रिय सभाका ४ समितिमा सभापति निर्विरोध

    काठमाण्डौ । राष्ट्रिय सभा अन्तर्गत ४ समितिमा सभापति निर्विरोध चयन भएका छन् । सङ्घीय संसद् सचिवालयले ४ वटै समितिमा सभापतिका लागि उम्मेदवारी मनोनयन गर्ने समय तोकेको थियो । मनोनयनका लागि तोकिएको समयमा एक/एक जनाको उम्मेदवारी परेकाले सबै समिति सभापति निर्विरोध निर्वाचित भएका छन् ।



    राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले समितिका सभापति र उपसभापतिमा भागबण्डा गरेका थिए । भागबण्डामा एमालेले सभाको उपाध्यक्ष पाएको थियो । उपाध्यक्षमा एमाले सांसद लीला भण्डारी निर्विरोध भएकी छन् । उनले पद तथा गोपनीयताको शपथ लिएर पदभारसमेत ग्रहण गरिसकेकी छन् ।

    त्यस्तै कांग्रेसले २, नेपाली कम्युनिस्ट पार्टी र जनता समाजवादी पार्टी नेपालले १/१ समिति सभापति पाउने सहमति दलहरूबिच भएको थियो । त्यही अनुसार आज समिति सभापतिहरूमा १/१ जनाको मात्रै उम्मेदवारी परेको हो ।

    कांग्रेसका तर्फबाट विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापतिमा कृष्णप्रसाद पौडेल र विधायन व्यवस्थापन समिति सभापतिमा कृष्णबहादुर रोकाय निर्विरोध निर्वाचित भएका छन् । दुवै समितिका बैठकमा मंगलबार एक/एक जनाको मात्रै उम्मेदवारी दर्ता भएको हो । पौडेल कांग्रेस केन्द्रीय कार्यालयका निवर्तमान मुख्यसचिव हुन् भने रोकाय कांग्रेसका राष्ट्रिय सभामा प्रमुख सचेतक थिए । सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको सभापतिमा पूजा चौधरी निर्विरोध निर्वाचित भएकी छन् । उनी जनता समाजवादी पार्टी नेपालकी सांसद हुन् ।

    सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको सभापतिमा जयन्तीदेवी राई निर्वाचित भएकी छन् । उनी नेपाली कम्युनिस्ट पार्टीकी सांसद हुन् । राष्ट्रिय सभामा कांग्रेसका २४, नेपाली कम्युनिस्ट पार्टीका १७, नेकपा एमालेका १० र जनता समाजवादी पार्टी नेपालका ३ सांसद छन् ।

    त्यस्तै राष्ट्रिय जनमोर्चाका १ र २ सरकारको सिफारिसमा मनोनीत सांसद छन् ।


    अर्थ चाैतारी
  • मंगलबार, २४ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट