logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच भेट: कनेक्टिभिटी र एआई सहयोगमा वार्ता

    अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच भेट: कनेक्टिभिटी र एआई सहयोगमा वार्ता

    624
    SHARES
    अर्थमन्त्री वाग्ले र चिनियाँ राजदूतबीच भेट: कनेक्टिभिटी र एआई सहयोगमा वार्ता

    काठमाण्डौ । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङबीच शुक्रबार द्विपक्षीय हित र आर्थिक सहयोगका विविध आयाममा छलफल भएको छ। अर्थ मन्त्रालयमा भएको उक्त भेटमा नेपाल र चीनबीचको कनेक्टिभिटी, बैंकिङ पूर्वाधार र प्रविधिको क्षेत्रमा नयाँ सहकार्यबारे विमर्श भएको हो।



    भेटका क्रममा राजदूत सोङले नेपालको आर्थिक विकासमा चीनको निरन्तर सहयोग रहने प्रतिबद्धता जनाउँदै विशेष गरी आर्टिफिसियल इन्टेलिजेन्स (एआई) र पर्यटन क्षेत्रमा नयाँ सम्भावनाहरू पहिल्याउन सकिने बताएका छन्। पछिल्लो समय नेपालले डिजिटल अर्थतन्त्र र नवप्रवर्तनमा जोड दिइरहेका बेला चिनियाँ पक्षले एआई जस्तो आधुनिक प्रविधिमा सहकार्यको प्रस्ताव अघि सारेको हो।

    राजदूत माओमिङले सामाजिक सञ्जालमार्फत भेटलाई ‘रचनात्मक’ भन्दै द्विपक्षीय सम्बन्धको दिगो विकासमा जोड दिएका छन्। उनले भनेका छन्, ‘हामीले बैंकिङ, कनेक्टिभिटी, पर्यटन र आर्टिफिसियल इन्टेलिजेन्स जस्ता क्षेत्रमा रचनात्मक विचार आदानप्रदान गर्‍यौँ। कनेक्टिभिटीलाई सुदृढ गर्ने र द्विपक्षीय सम्बन्धको व्यावहारिक एवं दिगो विकासलाई अगाडि बढाउने हाम्रो साझा प्रतिबद्धतालाई पुनः दोहोर्‍याएका छौँ।’

    अर्थ मन्त्रालय स्रोतकाअनुसार मन्त्री वाग्लेले उत्तरी नाकाहरूको सुदृढीकरण र चिनियाँ लगानीका आयोजनाहरूको प्रभावकारी कार्यान्वयनमा जोड दिएका थिए। दुई देशबीचको बैंकिङ सम्बन्धलाई अझ सहज बनाउने र चिनियाँ पर्यटकलाई नेपाल भित्र्याउने रणनीतिक योजनामा पनि उनीहरूबीच छलफल भएको थियो।


    अर्थ चाैतारी
  • शनिबार, २८ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट