logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • इन्धन खपत घटाउन काठमाण्डौ महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन

    इन्धन खपत घटाउन काठमाण्डौ महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन

    533
    SHARES
    इन्धन खपत घटाउन काठमाण्डौ महानगरद्वारा ‘कार पुलिङ’ प्रणाली कार्यान्वयन

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाले इन्धनको बढ्दो संकट र खर्च कटौतीलाई ध्यानमा राख्दै आफ्ना अधिकारीहरूका लागि ‘कार पुलिङ’ (सवारी साधन बाँडेर चढ्ने) प्रणाली कार्यान्वयनमा ल्याएको छ । कार्यवाहक प्रमुख सुनिता डंगोलले इन्धन अभावबाट सिर्जना हुनसक्ने दीर्घकालीन नकारात्मक प्रभावलाई न्यूनीकरण गर्न यस्तो निर्णय गरिएको जानकारी दिएकी हुन् ,



    विश्वव्यापी रूपमा देखिएको इन्धन अभावको असरलाई मध्यनजर गर्दै महानगरले आफ्ना अधिकारीहरूलाई उपलब्ध गराइएका सवारी साधनहरू अबदेखि आलोपालो प्रणालीमा सञ्चालन गर्ने व्यवस्था मिलाएको हो । यस प्रणालीको आवश्यकता औँल्याउँदै कार्यवाहक प्रमुख डंगोलले भनिन्– ‘विश्वभर इन्धनको अभाव छ । यसबेला पहिलेकै अवस्थामा सवारी साधन सञ्चालन गर्दा अत्यावश्यक काम र सेवाका लागि आवश्यक पर्ने इन्धन पनि नपाइने हुन सक्छ । यस्तो समस्या आउन नदिन इन्धनको प्रयोगलाई घटाउनुको विकल्प छैन । त्यसैले हामीले ‘कार पुलिङ’ कार्यक्रम सुरु गरेका हौँ ।’

    महानगरपालिकाले यसअघि नै ४८ औँ कार्यपालिका बैठकबाट इन्धन कोटामा कटौती गर्ने निर्णय गरिसकेको छ । सोही निर्णयलाई थप प्रभावकारी बनाउन ‘कार पुलिङ’ को अवधारणा ल्याइएको हो ।

    के हो ‘कार पुलिङ’ र कसरी हुन्छ कार्यान्वयन ?

    महानगरका अनुसार यस कार्यक्रमका लागि कर्मचारी तथा अधिकारीहरूको बसोबास क्षेत्रका आधारमा समूह बनाइएको छ । एउटै रुट वा क्षेत्रबाट कार्यालय आउने–जाने अधिकारीहरूले अब एउटै सवारी साधन प्रयोग गर्नुपर्नेछ ।

    समूहमा रहेका अधिकारीहरूले आफूसँग भएका सवारी साधन आलोपालो निकाल्नुपर्नेछ र सोही सवारीमा आफ्नो क्षेत्रका अन्य अधिकारीहरूलाई पनि कार्य थलोसम्म ल्याउने र पुर्‍याउने गर्नुपर्नेछ । यो प्रणाली लागू भएसँगै कार्यालय प्रयोजनका लागि सडकमा गुड्ने सवारी साधनको सङ्ख्यामा कमी आउने र इन्धनको ठुलो हिस्सा बचत हुने महानगरको विश्वास छ ।


    अर्थ चाैतारी
  • आइतबार, २९ चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट