logo

२०८३ बैशाख ९, बुधबार

logo
  • २०८३ बैशाख ९, बुधबार
  • चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ जारी गर्ने

    चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ जारी गर्ने

    442
    SHARES
    चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ जारी गर्ने

    काठमाण्डौ । चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ) गर्ने भएको छ ।



    कम्पनीको आज सम्पन्न पहिलो साधारणसभाले ‘आईपीओ’ निष्काशन गर्ने प्रस्ताव पारित गरेको हो। कम्पनीको अधिकृत पुँजी ५० करोड रहेको छ। साधारणसभाले चुक्ता पुँजीको चार प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि पारित गरेको र छ जना सञ्चालक निर्विरोध चयन गरेको अध्यक्ष राजन श्रेष्ठले जानकारी दिए।

    निर्वाचित हुने सञ्चालकमा राजन श्रेष्ठ, रामराजा आचार्य, प्रकाशमान श्रेष्ठ, धीरेन्द्र श्रेष्ठ, शङ्कर महर्जन र वीरेन्द्र श्रेष्ठ रहेका छन्। साधारणसभाले अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसमेत पारित गरेको छ।

    होल्डिङ कम्पनीका रूपमा रहेको उक्त संस्थाले इन्द्रेणी मस्रुम फार्म, द निलय होटल्स लिमिटेड, काउले भाइनियार्ड एग्रो, एभरेष्ट कलर र मेरो किसानलगायत कम्पनीमा लगानी गरेको अध्यक्ष श्रेष्ठले बताए।


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट