logo

२०८३ बैशाख ४, शुक्रबार

logo
  • २०८३ बैशाख ४, शुक्रबार
  • वर्षको अन्तिम कारोबार दिन घटेर बन्द भयो नेप्से, कारोबार रकम ८ अर्ब ६६ करोडमा सीमित

    वर्षको अन्तिम कारोबार दिन घटेर बन्द भयो नेप्से, कारोबार रकम ८ अर्ब ६६ करोडमा सीमित

    507
    SHARES
    वर्षको अन्तिम कारोबार दिन घटेर बन्द भयो नेप्से, कारोबार रकम ८ अर्ब ६६ करोडमा सीमित

    काठमाण्डौ । आज वर्षको अन्तिम कारोबार दिन शेयर बजार सामान्य घटेर बन्द भएको छ । आज नेप्से परिसूचक ४ दशमलव १८ अंकले घटेर २,८३३ को विन्दुमा कायम भएको छ । आज १०५ कम्पनीको शेयर मूल्य बढेको छ भने १५३ कम्पनीको शेयर मूल्य घटेको छ ।



    आज दिनभरिमा ३४२ कम्पनीको २ करोड १ लाख ६३ हजार ७९३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ६६ करोड माथिको कारोबार भएको छ । आज सबैभन्दा धेरै नेशनल हाइड्रोपावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ९३ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ४९ करोड १९ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिलायन्स स्पीनिङ मिल्सको ४५ करोड ४४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

    आज सबैभन्दा धेरै सुपर खुदी हाइड्रोपावर कम्पनी, सूर्यकुण्ड, होटल फरेष्ट र पाल्पा सिमेन्टका लगानीकर्ताले कमाएका छन् । आज यी चार कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका हुन् । रिज लाइन इनर्जीका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका हुन् ।

    आज सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्तका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ३ दशमलव ६० प्रतिशतका दरले गुमाएका हुन् ।


    अर्थ चाैतारी
  • सोमबार, ३० चैत्र २०८२
  • सम्बन्धित समाचार
    ताजा अपडेट