logo

२०८३ बैशाख ३०, बुधबार

logo
  • २०८३ बैशाख ३०, बुधबार
  • सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा वैशाख महिनाभर विशेष छुट घोषणा

    सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा वैशाख महिनाभर विशेष छुट घोषणा

    676
    SHARES
    सिटिजन्स बैंकद्वारा वार्षिकोत्सवको अवसरमा वैशाख महिनाभर विशेष छुट घोषणा

    काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो १९ औं वार्षिकोत्सवको उपलक्ष्यमा “Citizens Digital Month Utsav – 19th Anniversary Celebration Campaign 2083″ नाराका साथ २०८३ बैशाख १ गतेबाट २०८३ बैशाख ३१ गते सम्म भव्य रुपमा मनाउने तयारी गरेको छ । बैंकले २०८३ बैशाख महिना भर संचालन हुने यस छुट अवसरमा बैंकले विभिन्न कार्यक्रमहरुका साथ आफ्ना ग्राहकहरुलाई पनि विभिन्न सेवा सुविधामा विशेष छुट प्रदान गर्ने भएको छ ।



    सो अवधिमा बैंकका ग्राहकहरुले आफनो निष्कृय Debit Card लाई POS वा E- Commerce Transaction मार्फत सक्रिय गराएमा कारोवार रकमको १९% वा अधिकतम् रु.१९० / – क्यास व्याक, मोवाईल बैंकिङ्क अथवा Dizi Bank मार्फत E-Com Card अनुरोध गरेमा Issuance Charge मा ५०% छुट निष्कृय व्यवसायिक QR भएका ग्राहकहरुले आफनो QR सक्रिय गराएमा कारोवार रकमको १९% वा अधिकतम् रु.१९० / – क्यास व्याक, होटल तथा रेष्टुरेन्टहरुमा POS Machine जडान गर्दा कारोवार शुल्कमा निश्चित प्रतिशत छुट, मोवाईल बैंकिङ अथवा Dizi Bank मार्फत Locker सुविधा अनुरोध गरेमा वार्षिक शुल्कमा ५०% छुट, पारिवारिक सदस्यहरुको नया खाता Refer गरेमा प्रति खाता रु.१००/- क्यास व्याक, मोवाईल बैंकिङ मार्फत International Remittance को रकम भुक्तानी लिएमा रु.२०० /- क्यास व्याक जस्ता सुविधाहरु प्रदान गर्ने बैंकले जनाएको छ ।

    बैंकका अनुसार यी सबै कार्यक्रमहरु बैंकले आफ्नो वार्षिकोत्सवलाई थप उत्साहपूर्ण बनाउन र डिजिटल कारोवार थप प्रबर्द्धन गर्ने उद्देश्यले ल्याइएको हो । यससँगै बैंकले सिटिजन्स फोनेपे क्रेडिट कार्डमा डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्न पहिलो वर्षको शुल्कमा ५०% छुट अफर समेत घोषणा गरेको छ ।

    बैंकले २०० वटा शाखा, १६९ वटा ए.टि.एम., ३ विस्तारित काउन्टर र ४२ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, २ बैशाख २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट