आज बिहिबार, ३१ वैशाख २०८३ (१४ मे २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: आँटे-ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। धनार्जनका नयाँ स्रोत पत्ता लाग्नेछन्। रोकिएको वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ। श्रमको उचित मूल्याङ्कन हुनेछ।
भाग्यशाली रङ निलो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ८०, व्यापारमा ५१, वैदेशिक कार्यमा ४९ र शिक्षामा ७९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५९, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
वृष: काममा ढिलासुस्ती हुनेछ। पुरानो रोगले दु:ख दिन सक्छ। अप्ठ्यारो परिस्थितिको सामना गर्नुपर्ला। सानो भुलका कारण अपमानित बन्न सक्नुहुन्छ। साँझमा आर्थिक कारोबार गर्दा सफलता मिल्नेछ।
भाग्यशाली रङ खैरो र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, वैदेशिक कार्यमा ४१ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७०, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ४४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिने। झुट नबोल्ने।
मिथुन: एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुनेछ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। आफन्तले पनि सहयोग नै गर्नेछन्।
भाग्यशाली रङ खैरो र अङ्क ४ रहेको छ। प्रेम र सम्बन्धमा ७९, व्यापारमा ५४, वैदेशिक कार्यमा ७१ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५२, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
कर्कट: नयाँ वस्त्र, अलङ्कारको प्राप्ति हुनेछ। नयाँ र शुभकार्यको चर्चा चल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साह बढ्नुका साथै बोली बिक्ने समय छ। नियमितभन्दा आज खर्च बढ्न सक्छ।
भाग्यशाली रङ आकासे र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ६६ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गर्ने। खैरो रङको प्रयोग नगर्ने।
सिंह: रमाइलो यात्रा हुने तथा मानसम्मान मिल्नेछ। शुभ समाचार सुन्न पाइएला। शुभ कार्यको चर्चा चल्नेछ। नसोचेको ठाउँबाट धनागम होला। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ। स्वास्थ्यप्रति सतर्कता अपनाउनु पर्छ।
भाग्यशाली रङ सेतो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ६६, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाने। सजिलै अरूको विश्वास नगर्ने।
कन्या: आलस्य र थकानको अनुभूति हुनेछ। मनमा दुबिधा उत्पन्न होला। मानसिक चिन्ता बढ्नेछ। नाक तथा घाँटीमा समस्या आउन सक्छ। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ। आफन्तको साथ र सहयोग मिल्नेछ।
भाग्यशाली रङ हरियो र अङ्क ३ रहेको छ। प्रेम र सम्बन्धमा ३७, व्यापारमा ६५, वैदेशिक कार्यमा ४२ र शिक्षामा ४८ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३९, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४५ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिने। कालो रङको प्रयोग नगर्ने।
तुला: शुभकार्यको चर्चा चल्नेछ। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। आर्थिक कारोबारमा फाइदा हुनेछ। अनावश्यक ठाउँमा धन खर्च हुने सम्भावना छ। खानपान र स्वास्थ्यप्रति सजग रहनु होला।
भाग्यशाली रङ सेतो र अङ्क १ रहेको छ। प्रेम र सम्बन्धमा ७५, व्यापारमा ७४, वैदेशिक कार्यमा ५६ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ७० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिने। खैरो रङको प्रयोग नगर्ने।
वृश्चिक: भाग्यले विभिन्न अवसर जुराउनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। रमाइलो यात्रा गर्ने अवसर जुर्ला। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ।
भाग्यशाली रङ पर्पल र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ५९, वैदेशिक कार्यमा ५१ र शिक्षामा ६२ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६७ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गर्ने। तामसिक भोजन नगर्ने।
धनु: पर्यटनको क्षेत्रबाट लाभ लिन सकिनेछ। शुभकार्यको चर्चा चल्नेछ। परोपकारजन्य कार्यमा लगाव बढ्नेछ। लोकप्रियता बढ्नेछ। अधुरा काम पूरा हुने छन्। नयाँ कामको योजना पनि बन्न सक्छ।
भाग्यशाली रङ रातो र अङ्क २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ७५, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ७६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
मकर: भाग्यशक्ति कमजोर भएको अनुभूति हुनेछ। नियमित खर्च बढ्नेछ। व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला। सामाजिक कार्यमा सफलता मिल्नेछ। प्यारो साथी र परिवारसँग समय बित्नेछ।
भाग्यशाली रङ रातो र अङ्क ७ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४०, वैदेशिक कार्यमा ७१ र शिक्षामा ४५ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिने। छलकपट नगर्ने।
कुम्भ: नजिकका व्यक्तिको सहयोगबाट कार्य पूरा हुनेछ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मानसम्मान र पद प्रतिष्ठा वृद्धि होला। मनोरञ्जनमा सहभागी भइनेछ। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अङ्क ६ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ७२, वैदेशिक कार्यमा ७८ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ६० र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाने। भरिसक्के लामो यात्रा नगर्ने।
मीन: जोस, जाँगर र हिम्मत बढ्नेछ। प्रेम सम्बन्ध र प्रणय प्रसङ्गका लागि समय श्रेष्ठ छ। व्यस्तता बढ्न सक्छ। स्वास्थ्यप्रति सजग रहनु होला। संक्रामक रोगबाट जोगिनुपर्ने देखिन्छ।
भाग्यशाली रङ गुलाबी र अङ्क ९ रहेको छ। प्रेम र सम्बन्धमा ६६, व्यापारमा ७५, वैदेशिक कार्यमा ६६ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७१, यात्राको योग ५१ र सम्पूर्ण भाग्याङ्क ६४ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले सबैको भलो चिताउने। हेलचेक्र्याइँ नगर्ने।
अर्थ चाैतारी ।