logo

२०८३ जेष्ठ १९, मंगलबार

logo
  • २०८३ जेष्ठ १९, मंगलबार
  • राष्ट्रिय क्रिकेट टाेलीकाे कप्तानमा दीपेन्द्र सिंह ऐरी

    राष्ट्रिय क्रिकेट टाेलीकाे कप्तानमा दीपेन्द्र सिंह ऐरी

    598
    SHARES
    राष्ट्रिय क्रिकेट टाेलीकाे कप्तानमा दीपेन्द्र सिंह ऐरी

    काठमाण्डौ । नेपाल क्रिकेट संघ (क्यान)ले रोहित पौडेललाई कप्तानबाट हटाएर नयाँ कप्तान तोकेको छ। एसियन गेम क्वालिफायरका लागि क्यानले दीपेन्द्र सिंह ऐरीको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो।



    टोलीमा दीपेन्द्र कप्तान भए पनि रोहित पनि छन्। उनीहरुबाहेक कुशल भुर्तेल, आसिफ शेख, सन्दीप जोरा, कुशल मल्ल, लोकेश बम, सोमपाल कामी, सन्दीप लामिछाने, शेर मल्ल, नन्दन यादव, आरिफ शेख, करण केसी र साहव आलम रहेका छन्।

    एसियन गेम्स क्वालिफायर एक हप्तापछि अर्थात् मे ३१ देखि जुन ९ सम्म सिंगापुरमा हुँदै छ।

    नेपालले मे ३१ बिहान ७:१५ बजे चीनसँग, जुन २ मा कतारसँग, जुन ४ मा मलेसियासँग खेल्नेछ। क्वालिफायरमा नेपालसँगै चीन, मलेसिया र कतार छन्। अर्को समूहमा सिंगापुर, ‌ओमान, हङकङ र बहरेन छन्।


    अर्थ चाैतारी
  • आइतबार, १० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट