logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • सिटिजन्स बैंकको विशेष साधारणसभा आह्वान, रु. २ अर्बको अग्राधिकार शेयर ल्याउने

    सिटिजन्स बैंकको विशेष साधारणसभा आह्वान, रु. २ अर्बको अग्राधिकार शेयर ल्याउने

    481
    SHARES
    सिटिजन्स बैंकको विशेष साधारणसभा आह्वान, रु. २ अर्बको अग्राधिकार शेयर ल्याउने

    काठमाण्डौ । सिटिजन्स बैंकले आफ्नो आठौँ विशेष साधारणसभा आह्वान गरेको छ। बैंक सञ्चालक समितिको बैठकले साधारणसभा आउँदो असार ३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको दरबारमार्गस्थित बैंकको मुख्य कार्यालयमा बिहान ९ बजेदेखि विद्युतीय माध्यम (जुम) र भौतिक रुपमा एकसाथ सुरु हुनेछ।



    सभाले १०० रुपैयाँ अंकित दरका २ अर्ब रुपैयाँबराबरको ‘सिटिजन्स अविमोच्य, असञ्चिति अग्राधिकार शेयर’ जारी गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यो अग्राधिकार शेयरको वार्षिक लाभांशदर ७.५ प्रतिशत रहेको छ।

    यसैगरी सभाले अग्राधिकार शेयर जारी गर्न प्रबन्धपत्रको सम्बन्धित दफाहरुमा संशोधन गर्ने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ। अग्राधिकार शेयर जारी गर्न नियमनकारी निकायहरुबाट प्रस्ताव रायसुझावअनुसार प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने प्रस्ताव सभाले पारित गर्नेछ। सभाले सञ्चालक समितिमा संस्थापक समूहबाट १ जना र सर्वसाधारण समूहबाट २ जना सञ्चालकको निर्वाचन प्रक्रिया पनि कार्यान्वयन गर्नेछ।

    विशेष साधारणसभा प्रयोजनार्थ बैंकले जेठ २६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ जेठ २६ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो बैंकको विशेष साधारणसभामा भाग लिन योग्य हुनेछन्।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट