logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत, वित्तीय उत्तरदायित्वलाई प्राथमिकता (पूर्ण पाठ)

    आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत, वित्तीय उत्तरदायित्वलाई प्राथमिकता (पूर्ण पाठ)

    390
    SHARES
    आर्थिक सर्वेक्षण २०८२/८३: अर्थतन्त्रमा सकारात्मक सुधारको सङ्केत, वित्तीय उत्तरदायित्वलाई प्राथमिकता (पूर्ण पाठ)

    काठमाण्डौ । नेपाल सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सङ्घीय संसद्‌मा आर्थिक सर्वेक्षण २०८२/८३ पेस गरेका छन् । आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ को व्यवस्थाबमोजिम आगामी आर्थिक वर्षको बजेट वक्तव्य अगावै चालु आर्थिक वर्षको यो सर्वेक्षण सार्वजनिक गरिएको हो । प्रस्तुत सर्वेक्षणले मुलुकको समष्टिगत आर्थिक स्थिति, सार्वजनिक वित्त, मौद्रिक तथा वित्तीय अवस्था र बाह्य क्षेत्रको मुख्य चित्र प्रस्तुत गरेको छ । विगतको तुलनामा चालु आर्थिक वर्षको फागुनसम्म मुख्य आर्थिक सूचकहरूमा सकारात्मक दिशा र सुधारका प्रयासहरू देखिएका छन् ।



    समीक्षा अवधिमा तीन तहकै सरकारको एकीकृत राजस्व, आय र एकीकृत खर्चको संरचनालाई व्यवस्थित बनाउने प्रयास गरिएको छ । सार्वजनिक वित्ततर्फ सरकारको राजस्व सन्तुलन र खर्चको संरचनामा सुधार आएको सर्वेक्षणले देखाउँछ । त्यसैगरी, धितोपत्र बजार (नेप्से परिसूचक), विदेशी विनिमय सञ्चिति, विप्रेषण आप्रवाह (रेमिट्यान्स) र वित्तीय प्रणालीको कर्जा तथा निक्षेप परिचालनको स्थितिमा क्रमिक उत्साह थपिएको छ ।

    समग्रमा, यो आर्थिक सर्वेक्षणले मुलुकको आगामी आर्थिक नीति निर्माण, सार्वजनिक सेवामा गुणात्मक सुधार र विकास व्यवस्थापनका लागि महत्त्वपूर्ण दिशाबोध गर्ने विश्वास लिइएको छ ।

     

    १. मुलुकको अर्थतन्त्रमा सकारात्मक सुधार, मुख्य आर्थिक सूचकहरू उत्साहजनक

    चालु आर्थिक वर्षको फागुनसम्मको तथ्याङ्कका आधारमा नेपालको अर्थतन्त्रमा क्रमिक र सकारात्मक सुधारका सङ्केतहरू देखिएका छन् । अर्थ मन्त्रालयद्वारा सार्वजनिक आर्थिक सर्वेक्षणअनुसार मुलुकको समष्टिगत आर्थिक स्थिति विगतका वर्षहरूको तुलनामा थप सुदृढ बन्दै गएको हो । फागुनसम्मका विभिन्न आर्थिक सूचकहरूले अर्थतन्त्र मन्दीबाट बाहिर निस्केर सही दिशामा अघि बढिरहेको र आन्तरिक उत्पादन तथा व्यावसायिक वातावरणमा क्रमिक सुधार आएको तथ्यलाई पुष्टि गरेका छन् ।

    २. धितोपत्र बजारमा चमक, बैंकिङ प्रणालीमा निक्षेप र कर्जा परिचालन सुदृढ

    देशको वित्तीय क्षेत्रमा उत्साहजनक चहलपहल सुरु भएको आर्थिक सर्वेक्षण २०८२/८३ ले देखाएको छ । सर्वेक्षणअनुसार धितोपत्र बजार (नेप्से परिसूचक) मा सकारात्मक वृद्धि देखिएको छ भने पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढेको छ । यसैगरी, बैंक तथा वित्तीय प्रणालीमा निक्षेप सङ्कलन र कर्जा परिचालनको स्थिति समेत थप व्यवस्थित र सुदृढ बनेको छ । वित्तीय क्षेत्रमा आएको यो सुधारले बजारमा तरलता बढाउन र उत्पादनमूलक क्षेत्रमा लगानी प्रवर्द्धन गर्न महत्त्वपूर्ण मद्दत पुग्ने विश्वास गरिएको छ ।

    ३. बाह्य क्षेत्र बलियो बन्दै: रेमिट्यान्स र विदेशी विनिमय सञ्चितिमा उल्लेख्य प्रगति

    नेपालको बाह्य आर्थिक अवस्था सुरक्षित र मजबुत स्थितिमा पुगेको छ । चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षणअनुसार देशको बाह्य क्षेत्रलाई बलियो बनाउन विप्रेषण आप्रवाह (रेमिट्यान्स) र विदेशी विनिमय सञ्चितिको अवस्था अत्यन्तै उत्साहजनक रहेको छ । विदेशमा रहेका नेपालीहरूबाट भित्रिने रेमिट्यान्समा निरन्तर वृद्धि भएका कारण देशको भुक्तानी सन्तुलन सकारात्मक रहेको र आयात धान्नका लागि पर्याप्त विदेशी मुद्राको मौज्दात कायम रहँदा बाह्य सङ्कटको जोखिम टरेको सर्वेक्षणले उल्लेख गरेको छ ।

    ४. सार्वजनिक वित्त र राजस्व संरचना परिमार्जित, आगामी नीति निर्माणका लागि मार्गदर्शक

    सरकारले तीन तहकै सरकारको एकीकृत राजस्व, आय र एकीकृत खर्चको संरचनालाई थप व्यवस्थित र पारदर्शी बनाउँदै लगेको छ । सार्वजनिक वित्ततर्फ चालु आर्थिक वर्षमा चालिएका नीतिगत सुधारका कदमहरू प्रभावकारी देखिएको सर्वेक्षणमा उल्लेख छ । अर्थ मन्त्रालयका अनुसार, यो आर्थिक सर्वेक्षणले मुलुकको आगामी आर्थिक नीति, बजेट निर्माण, सार्वजनिक सेवामा गुणात्मक सुधार र विकास व्यवस्थापनका लागि महत्त्वपूर्ण दिशाबोध तथा मार्गदर्शकको भूमिका खेल्नेछ ।

     

    Skip to PDF content


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट