logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • ३६ लाख ४१ हजारले पाए सामाजिक सुरक्षा भत्ता, लाभग्राहीमध्ये झण्डै आधा ज्येष्ठ नागरिक

    ३६ लाख ४१ हजारले पाए सामाजिक सुरक्षा भत्ता, लाभग्राहीमध्ये झण्डै आधा ज्येष्ठ नागरिक

    208
    SHARES
    ३६ लाख ४१ हजारले पाए सामाजिक सुरक्षा भत्ता, लाभग्राहीमध्ये झण्डै आधा ज्येष्ठ नागरिक

    काठमाण्डौ । नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ताको दायरा फराकिलो हुँदै गएको छ। सरकारले बुधबार सार्वजनिक गरेको आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार चालु आर्थिक वर्षको फागुनसम्म देशभर कुल ३६ लाख ४१ हजार ८ सय ४४ जना नागरिकले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।



    कुल लाभग्राहीमध्ये ज्येष्ठ नागरिकको संख्या सबैभन्दा ठुलो देखिएको छ । प्रतिवेदन अनुसार ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिक मात्रै १६ लाख ८० हजार ६६ जना (कुल लाभग्राहीको ४६.१४ प्रतिशत) रहेका छन् । यस्तै, ६० वर्ष पुगेका दलित ज्येष्ठ नागरिकको संख्या १ लाख ५२ हजार ७ सय ९ र तोकिएको क्षेत्रका ज्येष्ठ नागरिकको संख्या १६ हजार ४ सय ७२ रहेको छ ।

    साथै २ लाख २ हजार ७९ जना ज्येष्ठ एकल महिला र ३ लाख ६१ हजार ५ सय १९ जना विधवा महिलाले भत्ता प्राप्त गरेका छन् । पूर्ण अपाङ्गता (क वर्ग) भएका ६९ हजार ८ सय ३१ र अति अशक्त अपाङ्गता (ख वर्ग) भएका १ लाख ५० हजार ५ सय ४६ जना लाभग्राही रहेका छन् ।

    दलित बालबालिका ३ लाख २ हजार ३ सय ५५ र तोकिएको क्षेत्रका ६ लाख ८४ हजार ४ सय ४९ जना बालबालिकाले भत्ता पाएका छन् । लोपोन्मुख आदिवासी÷जनजाति वर्गका २१ हजार ८ सय १८ जना नागरिक सामाजिक सुरक्षाको दायरामा रहेका छन् ।

    सरकारले सामाजिक सुरक्षा भत्ता वितरणलाई पारदर्शी र व्यवस्थित बनाउन सबै स्थानीय तहमा बैंकिङ प्रणाली लागू गरेको छ । हाल सबै लाभग्राहीको भत्ता बैंक खातामार्फत नै भुक्तानी हुने गरेको सर्वेक्षणले जनाएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट