logo

२०८३ जेष्ठ १३, बुधबार

logo
  • २०८३ जेष्ठ १३, बुधबार
  • औद्योगिक क्षेत्रमा साढे ५४ खर्ब लगानी स्वीकृत, ११ वर्षमा मात्रै ४० खर्ब ६५ अर्ब

    औद्योगिक क्षेत्रमा साढे ५४ खर्ब लगानी स्वीकृत, ११ वर्षमा मात्रै ४० खर्ब ६५ अर्ब

    234
    SHARES
    औद्योगिक क्षेत्रमा साढे ५४ खर्ब लगानी स्वीकृत, ११ वर्षमा मात्रै ४० खर्ब ६५ अर्ब

    काठमाण्डौ । नेपालको औद्योगिक क्षेत्रमा स्वदेशी तथा विदेशी लगानीको आकर्षण उल्लेख्य रूपमा बढ्दै गएको पाइएको छ । उद्योग विभाग र लगानी बोर्ड नेपालमार्फत प्राप्त पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार आर्थिक वर्ष २०८२ को फागुन मसान्तसम्ममा नेपालमा कुल ५४ खर्ब ४४ अर्ब ६ करोड रुपैयाँ बराबरको लगानी स्वीकृत भएको छ ।



    यसमध्ये पछिल्लो एघार वर्ष (आर्थिक वर्ष २०७३/७४ देखि २०८२ फागुनसम्म) सम्ममा मात्रै ४० खर्ब ६५ अर्ब रुपैयाँ बराबरको लगानी स्वीकृत भएको पाइएको छ । यस्तै २०७३ असारसम्ममा भने १३ खर्ब ७८ अर्ब रुपैयाँबराबरको लगानी स्वीकृत भएको थियो । अर्थमन्त्री स्वर्णीम वाग्लेले बुधबार प्रतिनिधी सभामा सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुनमसान्तसम्म स्वीकृत भएको लगानीमध्ये लगानी बोर्ड नेपालमार्फत १७ खर्ब १६ अर्ब ५२ करोड र उद्योग विभागमार्फत ३७ खर्ब २७ अर्ब ५४ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको हो ।

    तथ्यांकअनुसार पछिल्लो ११ वर्षको अवधीमा भने सबै लगानी बोर्डमार्फत सबैभन्दा बढी आर्थिक वर्ष २०८०/८१ मा ३ खर्ब ४३ अर्ब ४३ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको थियो भने उद्योग विभागमार्फत सबैभन्दा बढी आर्थिक वर्ष २०८२/८३ मा ३ खर्ब ८९ अर्ब ७४ करोड रुपैयाँबराबरको लगानी स्वीकृत भएको छ ।

    आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्ममा ठूला, मझौला र साना उद्योगतर्फ ३९ हजार ५ सय ४६ जनालाई प्रत्यक्ष रुपमा रोजगारी उपलब्ध गराउने गरी ३ खर्ब ८९ अर्ब ७४ करोड ११ लाख रुपैयाँ लगानी रहेको ९ सय २१ वटा उद्योग दर्ता भएको पाइएको छ ।

    कुन क्षेत्रमा कति लगानी भित्रियो ?
    उद्योग वर्गीकरणअनसार ऊर्जा, सूचना प्रविधि र सेवा क्षेत्रमा अत्यधिक लगानीकर्ताहरूको रुचि रहेको पाइएको छ । आर्थिक सर्वेक्षणअनुसार २०८२ फागुनसम्ममा दर्ता भएको उद्योगमध्ये सबैभन्दा बढी अर्थात ५५.१ प्रतिशतका दरले उर्जामूलक उद्योगतर्फ ६२७ वटा (लगानी २० खर्ब ५५ अर्ब ५६ करोड १२ लाख रुपैयाँ), उत्पादनमुलुक उद्योगतर्फ ३ हजार ७ सय १५ (लगानी ७ खर्ब २५ अर्ब ६७ करोड ४ लाख रुपैयाँ) स्वीकृत भएको छ ।

    सेवामूलक उद्योगतर्फ २ हजार ६ सय ५८(लगानी ४ खर्ब २८ अर्ब ९६ करोड ७८ लाख रुपैयाँ), पर्यटन उद्योगतर्फ २ हजार ६ सय १३ (३ खर्ब ६२ अर्ब ३ करोड ३० लाख रुपैयाँ), कृषि तथा वन पैदाबारमा आधारिततर्फ ५८१ (७३ अर्ब १५ करोड रुपैयाँ), सूचना प्रसारण तथा सञ्चार प्रविधिमा आधारिततर्फ ७७० (१३ अर्ब ६२ करोड १८ लाख रुपैयाँ), खनिजमा आधारिततर्फ ९९ (१० अर्ब ९३ करोड ४९ लाख रुपैयाँ) र पूर्वाधारतर्फ ७७ (५७ अर्ब ५९ करोड ३७ लाख) वटा स्वीकृत भएको छ ।

    वैदेशिक प्रत्यक्ष लगानीतर्फ चीनको बलियो उपस्थिति
    नेपालमा वैदेशिक लगानी (एफडीआई) भित्रिने क्रममा उत्तरी छिमेकी मुलुक चीनले आफ्नो वर्चस्व कायम राखेको छ । फागुन २०८२ सम्मको विवरण अनुसार कुल लगानीको ४८.० प्रतिशत हिस्सा ओगटेर चीन पहिलो स्थानमा छ । संख्याका आधारमा पनि चीन ४५.५ प्रतिशतसहित अगाडि छ । २०८२ फागुनसम्ममा वैदेशिक लगानीका लागि स्वीकृत पाएका कूल परियोजना ७ हजार ९ सय ५१ मध्ये झण्डै ४५.५ प्रतिशतका दरले ३ हजार ६ सय १७ परियोजनाको लागि ३ खर्ब ३९ करोड रुपैयाँबराबरको चीनको लगानी स्वीकृत भएको छ ।

    दोश्रोमा लगानीको हिसावमा १७.९ प्रतिशतका दरले १ खर्ब १२ अर्ब २० करोड लगानी भएको भारतको ९४५ वटा परियोजना छन् । यस्तै ५ प्रतिशतको दरले ३१ अर्ब ४२ करोड लगानी भएको हङकङको ६५ वटा परियोजना छन् । कुल ७ हजार ९ सय ५१ वैदेशिक लगानीका परियोजनाहरू स्वीकृत भएका छन्, जसको कुल प्रतिवद्धता ६ खर्ब २५ अर्ब ५८ करोड रुपैयाँ पुगेको छ । यसबाट ३ लाख ६२ हजार ५ सय ४५ जनाले रोजगारी पाउने अनुमान गरिएको छ ।

    प्रत्यक्ष वैदेशिक लगानी सबैभन्दा बढी सेवामुलुक क्षेत्रमा २८.३ प्रतिशतको दरले २ हजार २ सय ४६ परियोजनाको लागि १ खर्ब ७७ अर्ब ३५ करोड छ । दोश्रोमा पर्यटन क्षेत्रमा २४.९ प्रतिशतका दरले २ हजार ७ सय ४९ परियोजनाको लागि १ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँबराबरको प्रतिवद्धता प्राप्त भएको छ । यसपछि तेश्रोमा २३ प्रतिशतका दरले उर्जा क्षेत्रमा ९७ परियोजनाको लागि १ खर्ब ४४ अर्ब ८ करोड रुपैयाँबराबरको प्रतिवद्धता प्राप्त भएको छ ।


    अर्थ चाैतारी
  • बुधबार, १३ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट