logo

२०८३ जेष्ठ १४, विहिबार

logo
  • २०८३ जेष्ठ १४, विहिबार
  • राजदूत नियुक्तिका लागि आवेदन खुला

    राजदूत नियुक्तिका लागि आवेदन खुला

    52
    SHARES
    राजदूत नियुक्तिका लागि आवेदन खुला

    काठमाण्डौ । सरकारले राजदूत तथा स्थायी प्रतिनिधि नियुक्तिका लागि खुला प्रतिस्पर्धामार्फत आवेदन माग गरेको छ । परराष्ट्र मन्त्रालयले बिहीबार कार्यविधि बनाएर योग्य नेपाली नागरिकबाट आवेदन आह्वान गरेको हो।



    सफल उम्मेदवारलाई कुन देशमा पठाइने भन्ने विषय भने टीओआरमा स्पष्ट गरिएको छैन । सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन–२०६४ को दफा ४५ तथा राजदूत नियुक्ति निर्देशिका–२०७५ (२०७९ मा संशोधित) अनुसार आवेदन आह्वान गरिएको मन्त्रालयले जनाएको छ। कार्यविधि अनुसार राजदूत पद राजपत्राङ्कित विशिष्ट श्रेणीसरह मानिनेछ र कार्यकाल चार वर्षको हुनेछ । हाल नेपालका १७ वटा कूटनीतिक नियोग प्रमुखविहीन छन्।

    राजदूत र परराष्ट्र सेवाका कूटनीतिक नियोगमा खुला प्रतिस्पर्धाबाट भारत, चीन, अमेरिका, बेलायत, अष्ट्रेलिया, इजरायल, दक्षिण कोरिया, अष्ट्रिया, बहराइन, बङ्गलादेश, मलेसिया, ओमान, साउदी अरेबियालगायतमा नियुक्त गरिनेछ ।

    आवेदकले अन्तर्राष्ट्रिय सम्बन्ध, राजनीति शास्त्र, कानुन, अर्थशास्त्र, सार्वजनिक प्रशासन वा सम्बन्धित विषयमा स्नातकोत्तर तह उत्तीर्ण गरेको हुनुपर्ने भनिएको छ। आवेदक नेपाली नागरिक हुनुपर्ने, कम्तीमा ३५ वर्ष उमेर पुगेको हुनुपर्ने तथा कुनै विदेशी मुलुकको स्थायी वा अस्थायी बसोबास सुविधा नलिएको हुनुपर्ने व्यवस्था गरिएको छ। भ्रष्टाचार वा नैतिक पतन देखिने अपराधमा दोषी ठहर भएको व्यक्ति अयोग्य हुनेछन्।

    त्यस्तै नेपाल सरकारको सेवाबाट बर्खास्त नभएको, वैदेशिक सहायता प्राप्त गैरसरकारी संस्थामा कार्यरत नभएको, प्रस्तावित देशसँग स्वार्थ बाझिने अवस्था नरहेको तथा उच्च नैतिक चरित्र भएको हुनुपर्ने मापदण्ड पनि तय गरिएको छ । अंग्रेजी भाषामा राम्रो दक्खल आवश्यक हुने तथा सम्बन्धित मुलुकको भाषा जान्नेलाई थप लाभ मिल्ने मन्त्रालयले जनाएकाे छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट