logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • भन्सार कार्यालयलाई दर्ता भएका प्रज्ञापनपत्रहरू आजै जाँचपास गर्न निर्देशन

    भन्सार कार्यालयलाई दर्ता भएका प्रज्ञापनपत्रहरू आजै जाँचपास गर्न निर्देशन

    754
    SHARES
    भन्सार कार्यालयलाई दर्ता भएका प्रज्ञापनपत्रहरू आजै जाँचपास गर्न निर्देशन

    काठमाण्डौ । भन्सार विभागले देशभरका सबै भन्सार कार्यालयहरूलाई आजसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू आजै जाँचपास गर्न निर्देशन दिएको छ।



    जेठ १५ गते सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्ने भएकाले कर दर परिवर्तन हुन सक्ने सम्भावनालाई ध्यानमा राख्दै विभागले यस्तो निर्देशन जारी गरेको हो।

    विभागले जारी गरेको सर्कुलर अनुसार जेठ १४ गतेसम्म दर्ता भएका प्रज्ञापनपत्रहरू सोही दिनभित्र जाँचपास गर्न भनिएको छ। बाँकी रहेका प्रज्ञापनपत्रको हकमा आर्थिक विधेयक २०८३ मा कर दर परिवर्तन भएमा सोही अनुसार नयाँ दररेट लागू गरी जाँचपास गर्नुपर्ने व्यवस्था गरिएको छ।

    जेठ १५ गते बजेट प्रस्तुत हुने दिन भएकाले भन्सार जाँचपास सेवा यात्रु जाँचपास बाहेकका सबै कार्य बन्द रहने विभागले जनाएको छ।

    त्यसैगरी, जेठ १६ गतेदेखि जाँचपास गर्दा आर्थिक विधेयक अनुसार दररेट परिवर्तन भए वा नभएको यकिन गरी मात्र प्रक्रिया अघि बढाउन निर्देशन दिइएको छ। यसका लागि ASYCUDA प्रणाली अद्यावधिक भएको सुनिश्चित गर्न पनि भनिएको छ।

    जेठ १४ वा सोभन्दा अगाडि मूल प्रज्ञापनपत्र दर्ता भई जाँचपास हुन बाँकी रहेका वस्तुहरूको हकमा कर दर परिवर्तन भएमा नयाँ दर अनुसार महसुल असुल गरी मात्र जाँचपास गर्ने व्यवस्था गरिने विभागले स्पष्ट पारेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट