logo

२०८३ असार ११, विहिबार

logo
  • २०८३ असार ११, विहिबार
  • निर्माण व्यवसायीको माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको आग्रह

    निर्माण व्यवसायीको माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको आग्रह

    520
    SHARES
    निर्माण व्यवसायीको माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघको आग्रह

    काठमाण्डौ । निर्माण व्यवसायीहरुले उठाएको माग सम्बोधन गर्न नेपाल उद्योग परिसंघले सरकारलाई आग्रह गरेको छ। इन्धनको मूल्य वृद्धिका कारण काम गर्न नसक्ने अवस्था भएकोले मूल्य समायोजन हुनुपर्ने लगायतका माग राखेर नेपाल निर्माण व्यवसायी महासंघ आन्दोलनमा छ।



    परिसंघले बुधबार विज्ञप्ति प्रकाशन गरेर निर्माण व्यवसायीहरुको आन्दोलनमा समर्थन जनाएको हो। निर्माण परियोजनामा परेको प्रभावले यससँग प्रत्यक्ष सम्बन्धित अन्य उद्योगहरूमा समेत शिथिलता आउन सक्ने भन्दै नेपाल उद्योग परिसंघले समेत चिन्ता व्यक्त गरेको छ।

    अमेरिका र इरानको तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य आकाशिँदा त्यसको प्रत्यक्ष असर नेपाली अर्थतन्त्रमा समेत परेको छ। इन्धन तथा निर्माण सामग्रीको मूल्यमा भएको उच्च वृद्धिले निर्माण उद्योग ठप्प हुने अवस्था सिर्जना भएको भन्दै नेपाल निर्माण व्यवसायी महासंघले सरकारको ध्यानाकर्षण गराएको छ।

    अमेरिका इरान तनावअघि अर्थात् फेब्रुअरी १५ मा डिजेलको मूल्य प्रतिलिटर १ सय ३९ रुपैयाँ रहेकोमा हाल बढेर २ सय २५ रुपैयाँ पुगेको छ। त्यस्तै बिटुमिनको मूल्य प्रतिकेजी ७५ रुपैयाँबाट बढेर १ सय ५५ रुपैयाँ पुगेको जनाएको छ।

    निर्माण क्षेत्रमा प्रयोग हुने डिजेल, मट्टितेल, बिटुमिन लगायतका सामग्री तथा ढुवानी खर्चमा उल्लेख्य वृद्धि भएपछि निर्माण व्यवसायीहरू आर्थिक संकटमा परेको महासंघले जनाएको छ। मूल्यवृद्धिका कारण हालसम्म निर्माण व्यवसायीहरूले १० अर्ब रुपैयाँभन्दा बढी नोक्सानी व्यहोरेको उनीहरुको दावी छ।

    परिसंघले निर्माण व्यवसायीमाथि परेको आर्थिक तथा मानसिक दबाब कम गर्न तथा समग्र अर्थतन्त्रलाई चलायमान बनाउन सम्बन्धित निकायहरूले तत्काल उचित सम्बोधन गर्नुपर्ने भनेको छ।


    अर्थ चाैतारी
  • विहिबार, १४ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट