logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • बजेटको आकार २१ खर्ब २४ अर्ब, ऋण तिर्न मात्रै छुट्याइयो ४२२ अर्ब (पूर्णपाठसहित)

    बजेटको आकार २१ खर्ब २४ अर्ब, ऋण तिर्न मात्रै छुट्याइयो ४२२ अर्ब (पूर्णपाठसहित)

    806
    SHARES
    बजेटको आकार २१ खर्ब २४ अर्ब, ऋण तिर्न मात्रै छुट्याइयो ४२२ अर्ब (पूर्णपाठसहित)

    काठमाण्डौ ।सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को लागि २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेका हुन् ।
    सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को लागि कुल १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट ल्याएको थियो । चालुतर्फ १२ खर्ब ७० अर्ब ५८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। गत आर्थिक वर्षमा चालु खर्चतर्फ ११ खर्ब ८० अर्ब ९८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको हो ।



    यस्तै पुँजीगततर्फ ४ खर्ब ३१ अर्ब १० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ। चालु आर्थिक वर्षमा ४ खर्ब ७ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    वित्तीय व्यवस्थातर्फ सरकारले ४ खर्ब २२ अर्ब ६४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ। गत आर्थिक वर्षमा ४ खर्ब १७ अर्ब ८३ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन् ।

    सरकारले आगामी आर्थिक वर्षको लागि गरेको खर्च अनुमान व्यहोर्ने स्रोतमध्ये राजस्व १४ खर्ब ५ अर्ब ३१ करोड रुपैयाँ संकलन हुने अनुमान गरेको छ । त्यस्तै वैदेशिक अनुदानबाट ६१ अर्ब ७४ करोड र अपुग हुने ६ खर्ब ५७ अर्ब २९ करोड ऋणमार्फत स्रोत व्यवस्थापन गर्ने अर्थमन्त्री वाग्लेले बताए ।

    जसमध्ये २ खर्ब ४७ अर्ब २८ करोड वैदेशिक ऋणबाट र ४ खर्ब १० अर्ब आन्तरिक ऋणबाट स्रोत व्यवस्थापन गरिने उनले बताए।

    Skip to PDF content


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट