काठमाण्डौ । निजी क्षेत्रका प्रतिनिधिहरूले आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई सकारात्मक रूपमा लिँदै यसले आर्थिक क्षेत्रमा नयाँ उत्साह थप्ने विश्वास व्यक्त गरेका छन् ।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले बजेट सार्वजनिक भएलगत्तै प्रतिक्रिया दिँदै यो बजेटले मुलुकमा नयाँ सुशासनको आधार तयार पारेको बताए । उनले बजेटको कार्यान्वयन पक्ष निकै सहज र व्यावहारिक रहेको उल्लेख गरे ।
अध्यक्ष अग्रवालले भने, ‘यो बजेटमा नयाँ स्पिरिटका साथ सुशासनको कुरा गरिएको छ । हाल मौद्रिक नीति र वित्तीय नीतिबीचको तालमेलसमेत मिलेको देखिएकाले यो बजेट निजी क्षेत्रलाई निकै उत्साहित बनाउने खालको छ ।’
सरकारले लिएको यस नीतिले अर्थतन्त्रलाई चलायमान बनाउन र उद्योगी–व्यवसायीको मनोबल उच्च राख्न सहयोग पुर्याउने अध्यक्ष अग्रवालले बताए । बजेटले लिएका सुधारका कदमहरूले निजी क्षेत्रमा नयाँ आशाको सञ्चार गरेको उनले धारणा राखे ।
अर्थ चाैतारी ।