logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– समग्र बजेटले उत्साही छौं, कार्यान्वयन पक्ष हेर्छौं

    उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– समग्र बजेटले उत्साही छौं, कार्यान्वयन पक्ष हेर्छौं

    403
    SHARES
    उद्योग वाणिज्य महासंघका अध्यक्ष भन्छन्– समग्र बजेटले उत्साही छौं, कार्यान्वयन पक्ष हेर्छौं

    काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन कुमार श्रेष्ठले समग्र बजेटलाई हेर्दा धेरैजसो विषयलाई सम्बोधन गर्न खोजेजस्तो देखिएको टिप्पणी गरेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रस्तुत गरेको बजेटपछि सिंहरदबारमा सञ्चारकर्मीसँग प्रारम्भिक प्रतिक्रिया दिने क्रममा उनले प्रतिबद्धता कार्यान्वयनमा ध्यान दिनुपर्ने बताए ।



    उनले समग्र बजेट हेर्दा आफूहरू उत्साहित भएको भए पनि विस्तृत भने हेर्न बाँकी रहेको टिप्पणी गरे । ‘समग्र बजेट सुन्दा हामी उत्साहित छौं । तर डिटेल्स अझै हेर्न बाँकी नै छ,’ उनले भने, ‘समग्र बजेट हेर्दा सरकारले सम्बोधन गर्न खोजेको जस्तो देखिन्छ । डिटेल्समा त अझै गएको छैन । करका दर घटाउन खोजेको जस्तो देखिन्छ ।

    कृषिलाई पनि प्रोत्साहन गर्न खोजेको उनले बताए । ‘अनुदानको नयाँ मोडालिटि पनि ल्याउन खोजेको देखिन्छ । पूर्वाधारमा थुप्रै कुरा गरेको देखिन्छ,’ उनले भने । अहिलेको सरकार दुई तिहाइको भएको र पहिलाका भन्दा अलि सिरियस भएर बजेट ल्याएको जस्तो उनले बताए ।

    ‘यी सबै हिसाबले देख्दा सरकार पहिलाभन्दा अलि सिरियस भएर जाने र अहिले व्यक्त भएका प्रतिबद्धता कार्यान्वयन पक्ष पनि हेर्नुपर्नेछ,’ उनले भने, ‘सरकार पहिलाभन्दा अलि सिरियस देखिँदै जाने हो कि जस्तो देखिन्छ । विगतका सरकार मिलिजुली थियो, अहिले एउटै सरकारको बहुमतको अवस्था छ । यस्तो सरकारले आफूले गरेको प्रतिबद्धता पूरा गरेर लैजान्छ, देशमा शिथिल भएको अर्थतन्त्रलाई पुनर्जागरण हुन्छ भन्ने अपेक्षा गरेका छौं ।’

     


    अर्थ चाैतारी
  • शुक्रबार, १५ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट