logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ : अध्यक्ष पाण्डे

    अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ : अध्यक्ष पाण्डे

    689
    SHARES
    अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको छ : अध्यक्ष पाण्डे

    काठमाण्डौ । नेपाल उद्योग परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले नेपालको अर्थतन्त्रलाई नयाँ दिशा दिनेगरी बजेट आएको बताएका छन् । नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको बजेटपछिको अन्तरक्रियामा निजी क्षेत्रको मनोबल बढाउने गरी आएको बताएका हुन्।



    अध्यक्ष पाण्डेले पछिल्ला वर्षमा नेपालको उपभोग्य वस्तुको माग घटेको समयमा अर्थतन्त्र चलायमान हुने गरी बजेट आएको बताए। ‘निजी क्षेत्रको मनोबल बढाउने, अर्थतन्त्रलाई चलायमान बनाउने गरी आएको छ,’ उनले भने, ‘अहिले बजारमा माग बढ्न नसकेकोमा बजेटका कार्यक्रमले यसलाई सम्बोधन गर्ने देखिन्छ।’

    पाण्डेले सरकारले २६० वस्तुमा हटाएको अन्तशुल्कले कष्ट अफ बिजनेश घटाउने बताए । उद्योग परिसंघले माग गर्दै आएको आयकर ऐनको दफा ५७ संशोधन स्वागतयोग्य भएको उनले बताए । ‘कर विवाद समाधान, लगानी सम्बन्धी दर्जनौं कानुन संशोधनले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने छ,’ उनी भन्छन्, ‘मोतीपुर र मयुरधाम जस्ता औद्योगिक क्षेत्र निर्माण निजी क्षेत्रलाई दिने विषय आएको छ। हामीले मागेकै विषय हुन्छ।’

    सरकारले बजेट मार्फत वन, खानी र प्रकृतिमा आधारित उद्योग बढाउने नीतिले उत्पादनमूलक उद्योग बढाउन सहयोग पुग्ने पाण्डेले विश्वास गरेका छन्। बजेटले निजी क्षेत्रका धेरै विषय सम्बोधन गरे पनि केही माग सम्बोधन नभएको उनले बताए । उनले भारत लगायतका देशबाट आयातित वस्तुमा गुणस्तर मापदण्ड लागू गर्ने माग गरे पनि बजेटमा उल्लेख नभएको बताए ।

    निजी क्षेत्रबाट लामो समयदेखि माग हुँदै आएको उत्पादनमूलक उद्योगमा हदबन्दी नलाग्ने माग गरेको थियो । यो विषय सम्बोधन हुन सकेको छैन । डेटा माइनिङ लगायत प्रविधि उद्योगको विषयमा अझै स्पष्ट नभएको उनले बताए। परिसंघले कृषि क्षेत्रको विकासका लागि कोल्ड स्टोरेज, बजारीकरणका लागि चेन निर्माण सम्बन्धी थप कार्यक्रमको अपेक्षा गरेको समेत उनले बताए। उनले निजी क्षेत्र बजेट प्रभावकारी कार्यान्वयन गर्नका लागि सहयोग गर्ने बताए ।


    अर्थ चाैतारी
  • सोमबार, १८ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट