मंगलबार, १९ जेठ २०८३ (२ जुन २०२६)। हेर्नुस् आजको राशिफल-
मेष: रमाइलो यात्रा हुनेछ। नयाँ अनुभव प्राप्त हुनेछ। प्रेममा आत्मीयता बढ्नेछ। साँझतिर कामको व्यस्तता बढ्न सक्ने भएकाले स्वास्थ्य र आरामप्रति ध्यान दिनु आवश्यक हुनेछ।
भाग्यशाली रङ पर्पल र अंक ६ रहेको छ। प्रेम र सम्बन्धमा ८१, व्यापारमा ६९, सेयर बजारमा ७०, वैदेशिक कार्यमा ५६ र शिक्षामा ५० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७३, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले हनुमानजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
वृष: बोलेका कुरा अरूले फरक अर्थमा बुझ्न सक्ने भएकाले संवादमा संयमता आवश्यक छ। घरपरिवारका सामान्य विषयले मन अलि अशान्त बन्न सक्छ। मन्त्र- अलग पहिचान नै वास्तविक विशेषता हो।
भाग्यशाली रङ हरियो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ३४, व्यापारमा ४२, सेयर बजारमा ३७, वैदेशिक कार्यमा ७७ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ३७, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ४६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भगवान् शंकरजीको दर्शन गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
मिथुन: स्थान परिवर्तन वा नयाँ वातावरणसँग जोडिने सम्भावना छ। प्रेम र मित्रताको सम्बन्ध अझ मजबुत बन्नेछ। खानपान र स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने समय छ। मन्त्र- धैर्य नै स्थायी सफलताको आधार हो।
भाग्यशाली रङ सेतो र अंक १ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ६८, सेयर बजारमा ७२, वैदेशिक कार्यमा ५४ र शिक्षामा ६९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६८ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले वृक्षरोपण गरी कार्य प्रारम्भ गर्ने। उत्तर दिशा नजाने।
कर्कट: सामाजिक, धार्मिक तथा सेवा सम्बन्धी कार्यमा रुचि बढ्नेछ। स्वादिष्ट भोजनको आनन्द लिन पाइनेछ। पर्यटन तथा भ्रमणसँग सम्बन्धित क्षेत्रबाट लाभ मिल्ने सम्भावना छ। परोपकारी कार्यमा संलग्न हुँदा लोकप्रियता र सम्मान प्राप्त हुनेछ।
भाग्यशाली रङ रातो र अंक ५ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६७, सेयर बजारमा ७३, वैदेशिक कार्यमा ५८ र शिक्षामा ७४ प्रतिशत सफलता मिल्नेछ।
यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ५७ र सम्पूर्ण भाग्याङ्क ६१ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले पितृ देवताको आशीर्वाद लिएर कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
सिंह: नयाँ र शुभ समाचार सुन्न पाइएला। आँटे-ताकेको कार्यमा ढिलाइ भए पनि पूरा नै होला। साथीभाइसँगको भेटघाटले मन प्रफुल्ल रहनेछ। रोकिएका क्षेत्रको काम अघि बढ्नेछ। प्रेम सम्बन्धको कोपिला फक्रनेछ।
भाग्यशाली रङ गुलाबी र अंक ८ रहेको छ। प्रेम र सम्बन्धमा ५४, व्यापारमा ६२, सेयर बजारमा ७७, वैदेशिक कार्यमा ५२ र शिक्षामा ६४ प्रतिशत सफलता मिल्नेछ।यसैगरी स्वास्थ्य अनुकूलता ७९, यात्राको योग ५४ र सम्पूर्ण भाग्याङ्क ६२ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले रोगीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। छलकपट नगर्ने।
कन्या: शुभचिन्तकको सुझावलाई बेवास्ता गर्दा दुःख पाइनेछ। आत्मबल बढाएर काम गरेमा असफल भइँदैन। मनमा दुबिधा उत्पन्न हुने र मानसिक चिन्ता बढ्नेछ। व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ।
भाग्यशाली रङ रातो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ३५, व्यापारमा ४०, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४० र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६१, यात्राको योग ४९ र सम्पूर्ण भाग्याङ्क ५० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले भोकालाई भोजन दिएर कार्य प्रारम्भ गर्ने। झुट नबोल्ने।
तुला: रोकिएका काम पुनः सुरु हुन सक्छन्। घुमघाम र सफल भ्रमणमा दिन बित्नेछ। धार्मिक, सामाजिक र अरूको हित हुने काममा समय व्यतीत हुन सक्छ। मित्र र विशिष्ट व्यक्तिको सहयोग पाइनेछ। आफन्तको सहयोग मिल्नेछ।
भाग्यशाली रङ निलो र अंक ७ रहेको छ。प्रेम र सम्बन्धमा ६३, व्यापारमा ६२, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७४ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७७, यात्राको योग ५० र सम्पूर्ण भाग्याङ्क ६९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा दही खाएर कार्य प्रारम्भ गर्ने। सजिलै अरूको विश्वास नगर्ने।
वृश्चिक: मनमा उत्साहका साथै बोली बिक्ने समय छ। कुनै न कुनै कुराले मनमा शान्ति छाउनेछ। मनोरञ्जनमा सहभागी भइएला। महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ। मन्त्र- भिन्नता नै भविष्यको हस्ताक्षर हो।
भाग्यशाली रङ आकासे र अंक ७ रहेको छ। प्रेम र सम्बन्धमा ६९, व्यापारमा ७१, सेयर बजारमा ७६, वैदेशिक कार्यमा ७७ र शिक्षामा ६१ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७६, यात्राको योग ५५ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विष्णु भगवान्लाई स्मरण गरी कार्य प्रारम्भ गर्ने। कालो रङको प्रयोग नगर्ने।
धनु: नयाँ वस्त्र प्राप्त हुनेछ। सामाजिक कामबाट प्रशंसा मिल्नेछ। चिताएको कामले तीव्रता लिनेछ। मनमा उत्साहका साथै बोली बिक्ने समय छ। नियमित खर्च बढ्ने योग छ, सचेत रहनु होला।
भाग्यशाली रङ खैरो र अंक २ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ५०, सेयर बजारमा ५२, वैदेशिक कार्यमा ७६ र शिक्षामा ४० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ५१, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६० प्रतिशत रहेको छ। यो राशि हुनेहरूले विद्यार्थीलाई सहयोग गरी कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
मकर: मध्यम खालको दिन छ। आँटेको कार्यमा बाधा आउन सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। सानो भूलका कारण अपमानित बन्न सक्नुहुन्छ। साँझमा आर्थिक कारोबारमा सफलता मिल्नेछ।
भाग्यशाली रङ पहेँलो र अंक ९ रहेको छ। प्रेम र सम्बन्धमा ३८, व्यापारमा ४४, सेयर बजारमा ३९, वैदेशिक कार्यमा ४२ र शिक्षामा ३९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ४०, यात्राको योग ३६ र सम्पूर्ण भाग्याङ्क ३९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले प्यासीलाई पानी दिएर कार्य प्रारम्भ गर्ने। तामसिक भोजन नगर्ने।
कुम्भ: दिन भाग्यशाली भएर देखा पर्नेछ। शुभ समाचार सुन्न पाइनेछ। शुभ कार्यको चर्चा चल्नेछ। नसोचेको ठाउँबाट धनागम हुनेछ। धार्मिक कार्यमा मन लगाउँदा राम्रो हुनेछ। मन्त्र- विवेक नै सफलताको सबैभन्दा विश्वसनीय साथी हो।
भाग्यशाली रङ सेतो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५३, व्यापारमा ५४, सेयर बजारमा ६०, वैदेशिक कार्यमा ६४ र शिक्षामा ५९ प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ६२, यात्राको योग ५८ र सम्पूर्ण भाग्याङ्क ६६ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले निमुखा प्राणीलाई खानेकुरा दिएर कार्य प्रारम्भ गर्ने। खैरो रङको प्रयोग नगर्ने।
मीन: लामो समयदेखि प्रतीक्षा गरिएको काम पूरा हुनेछ। पराक्रम बढ्नुका साथै पारिवारिक सुख मिल्नेछ। परीक्षा र प्रतिस्पर्धामा सफलता मिल्नेछ। मित्रसँग भेटघाट हुनेछ र घुमफिरमा आकर्षण बढ्नेछ।
भाग्यशाली रङ खैरो र अंक ४ रहेको छ। प्रेम र सम्बन्धमा ५९, व्यापारमा ६०, सेयर बजारमा ६८, वैदेशिक कार्यमा ६३ र शिक्षामा ६० प्रतिशत सफलता मिल्नेछ। यसैगरी स्वास्थ्य अनुकूलता ७४, यात्राको योग ७७ र सम्पूर्ण भाग्याङ्क ७९ प्रतिशत रहेको छ। यो राशि हुनेहरूले घरबाट निस्कँदा गुड खाएर कार्य प्रारम्भ गर्ने। भरिसक्के लामो यात्रा नगर्ने।
अर्थ चाैतारी ।