logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • नेपाल एसबिआई बैंकद्वारा गरिब तथा बिपन्न बर्गका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

    नेपाल एसबिआई बैंकद्वारा गरिब तथा बिपन्न बर्गका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

    546
    SHARES
    नेपाल एसबिआई बैंकद्वारा गरिब तथा बिपन्न बर्गका विद्यार्थीलाई शैक्षिक तथा खेलकुद सामग्री प्रदान

    काठमाण्डौ । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका ८, स्थित, श्री सेतो गुराँस नमुना बालबाटिका आधारभूत विद्यालयमा अध्ययनरत सम्पुर्ण विद्यार्थीहरुका लागि स्कुल ब्याग, शैक्षिक तथा खेलकुद सामग्रीहरु प्रदान गरेको छ । उक्त सामाग्रीहरु बैंककी कोशी प्रदेश प्रमुख, दमयन्ती जोशीले सेतो गुराँस नमुना बालबाटिकाकी प्रधानाध्यापक, लक्ष्मी चौधरीलार्ई एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको हो ।



    यस किसिमको पहलले विद्यालयको शैक्षिक वातावरण प्रभावकारी हुनुका साथै विद्यार्थीहरुको पठनपाठनमा थप सहजता ल्याउने लक्ष्य बैंकले राखेको छ । यस कार्यक्रमबाट गरिब तथा बिपन्न बर्गका ११० भन्दा बढी विद्यार्थीहरु लाभान्वित भएका छन् । सो कार्यक्रममा शिक्षक, विद्यार्थी तथा बैंकका अन्य अधिकारीहरूको समेतको उपस्थिति रहेको थियो ।

    बैंकले समुदाय स्तरमा यस किसिमका गतिविधिहरु समय समयमा गर्दै आइरहेकोे छ । बैंकले बिगत ३२ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०३ शाखा, २२ एक्स्टेन्सन काउन्टर, ७ प्रादेशिक कार्यालय, २१ शाखा रहीत बैंकिङ, १२७ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।


    अर्थ चाैतारी
  • बुधबार, २० जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट