logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • इरान युद्धबारे अमेरिकी संसद्‌ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का

    इरान युद्धबारे अमेरिकी संसद्‌ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का

    585
    SHARES
    इरान युद्धबारे अमेरिकी संसद्‌ले राष्ट्रपति ट्रम्पलाई दियो ठुलो झट्का

    काठमाण्डौ । अमेरिकाको तल्लो सदन ‘हाउस अफ रिप्रेजेन्टेटिभ्स’ (प्रतिनिधिसभा) ले राष्ट्रपति डोनाल्ड ट्रम्पलाई इरानविरुद्ध सैन्य आक्रमण गर्नबाट रोक्ने प्रस्ताव पारित गरेको छ।



    बीबीसीका अनुसार यो प्रस्ताव २१५ देखि २०८ मतले पारित गरेको हो। चार रिपब्लिकन सांसद डेमोक्र्याटिक पार्टीमा सामेल हुँदा यो सम्भव भएको हो। युद्धविरुद्ध असहमतिको यस्तो सार्वजनिक प्रदर्शन अमेरिकी कंग्रेस (संसद्‌) मा विरलै देखिन्छ।

    अमेरिकाले इजरायलसँग मिलेर गत फेब्रुअरी १८ मा इरानविरुद्ध हमला गरी युद्ध सुरु गरेको थियो। ट्रम्पको युद्ध शक्तिलाई रोक्ने प्रयास गरिएको यो चौथोपटक हो। यद्यपि यो प्रस्ताव अब रिपब्लिकन-नियन्त्रित अमेरिकी सिनेटले अनुमोदन गर्न बाँकी छ।

    यो प्रस्ताव सिनेटले पारित गरे पनि इरानविरुद्ध सैन्य हमला पूर्ण रूपमा रोक्ने सम्भावना भने कम छ। ट्रम्पले प्रस्तावलाई भिटो गर्न सक्छन्। यदि उनले यसो गरे भने यसलाई उल्टाउन दुवै सदनमा दुईतिहाइ बहुमत आवश्यक पर्नेछ।

    सात असफल प्रयासपछि सिनेटले मे महिनामा यस्तै प्रस्ताव अघि बढाएको थियो तर त्यसमा पूर्ण सदनबाट पारित हुन सकेको छैन।


    अर्थ चाैतारी
  • विहिबार, २१ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट