logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • काठमाण्डौ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा

    काठमाण्डौ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा

    377
    SHARES
    काठमाण्डौ फनपार्कलाई २ लाख ५ हजार जरिवाना, ऐन विपरित व्यापार गर्ने ८ फर्म पनि कारबाहीमा

    काठमाण्डौ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षण ऐन, २०७५ उल्लंघन गर्ने काठमाडौँ फनपार्कसहित ९ वटा व्यापारिक फर्महरूलाई कारबाही गरेको छ । विभागले बिहीबार गरेको अनुगमनका क्रममा कैफियत भेटिएका ती फर्महरूलाई ऐनका विभिन्न दफाहरू आकर्षित गरी जरिवाना गर्नुका साथै सचेत गराएको हो ।



    भृकुटीमण्डपस्थित काठमाण्डौ फन पार्कलाई सबैभन्दा बढी २ लाख ५ हजार रुपैयाँ जरिवाना गरिएको छ । फन पार्कले उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ को उपदफा (२) को खण्ड (क) विपरीत उपभोक्तालाई वस्तु वा सेवाको वास्तविक गुणस्तर, परिमाण, मूल्य, नाप वा ढाँचा ढाँटी, लुकाई वा झुक्याई बिक्री वा प्रदान गरेको पाइएको हो । उक्त कार्य ऐनको दफा ३८ (ङ) बमोजिम कसुर ठहरिएकाले दफा ३९ (१) (ख) बमोजिम तत्काल जरिवाना गरिएको विभागले जनाएको छ ।

    दर्ता प्रमाणपत्र र इजाजतपत्र नदेखाउने शंखमुलस्थित इलाभेन इलाभेन ग्रुप प्रालिलाई ५१ हजार रुपैयाँ र नयाँ बानेश्वरको रेडोलेन्स नेपाल प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरिएको छ। बिल बिजक नराख्ने पञ्चकुमारीस्थित पूर्वेली सेकुवा कर्नरलाई १० हजार रुपैयाँ, चाबहिलको मोबडिल्ज र बुद्धनगरको गणेश मोटर बाइक वर्क सपलाई जनही ५/५ हजार रुपैयाँ जरिवाना गरिएको छ।

    अनुगमनका क्रममा सामान्य कैफियत देखिएका भीमसेनगोलाको गल्र्स क्लोजेट प्रालि, चाबहिलको रुम्बा कलेक्सन र नाचघर गल्लीको डेलिसियस मःम पसललाई भने सच्चिनका लागि सामान्य निर्देशन दिइएको छ।


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट