logo

२०८३ असार ९, मंगलबार

logo
  • २०८३ असार ९, मंगलबार
  • भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश

    भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश

    325
    SHARES
    भेपमा लुकाएर सुन तस्करी प्रकरण : नायब सुब्बा खड्कालाई थुनामा पठाउने आदेश

    काठमाण्डौ । इलेक्ट्रिक सिगरेट (भेप) मा लुकाएर सुन तस्करी गरेको अभियोगमा विशेष अदालतले नायब सुब्बा रेवन्त खड्कालाई थुनामा पठाउने आदेश दिएको छ ।



    विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र सदस्य हेमन्त रावल र विदुर कोइरालाको इजलासले खड्कालाई थुनामा पठाउने आदेश दिएको हो । खड्काले अदालतमा उपस्थित हुने निवेदन दिएपछि आजै बयान सकेर थुनछेक बहस भएको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विमानस्थलबाट तस्करी भएको आठ हजार ४८० ग्राम सुनको हुन आउने मूल्य सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ बराबरको सम्पत्ति हिनामिना हानि–नोक्सानी भएको भन्दै संयुक्त बिगो सात करोड ७८ लाख ६८ हजार ९५ रुपैयाँ कायम गरेर मुद्दा चलाइएको थियो ।

    अख्तियारले मुद्दा चलाउँदा नेपाल सरकारबाट गठित सुनको अवैध पैठारी ९तस्करी० नियन्त्रणसम्बन्धी जाँचबुझ आयोग, २०८० र भन्सार विभागका निर्देशकसमेतले पेस गरेको २३ साउन ०८० को छानबिन प्रतिवेदनसमेतलाई आधार लिएको थियो । अघिल्लो मुद्दामा अदालतले गरेको फैसलालाई पनि अख्तियारले आधारका रूपमा लिएको थियो ।

    चिनियाँ नागरिक ली हाङ सङले दुई वटा सुटकेसभित्र ७३ बट्टामा ७३० थान भेप जस्तो देखिने वस्तुमा सुन लुकाई छिपाइ लिएर आएका थिए । त्यसलाई भन्सार कार्यालयका तत्कालीन पहिलो जाँचकी (एक्सरे स्क्रिनर) नासुले परीक्षण गरेका थिए । एक्सरे स्क्रिनमा ब्यागेजभरि एउटै साइजको निलो रंगको कभरजस्तो आकारभित्र कालो शङ्कास्पद वस्तु देखेपछि भौतिक रूपमा पनि चेकजाँच गरी यकिन गरेर आवश्यक कारबाही गर्नुपर्ने भनी ‘आरसी’ (पुनर्जाँच) लेखेका थिए ।

    713563153_994586843218813_36009975202731072_n

    713003117_1479384060000175_9012040198699561220_n


    अर्थ चाैतारी
  • शुक्रबार, २२ जेष्ठ २०८३
  • सम्बन्धित समाचार
    ताजा अपडेट